७ वैशाख २०८१ शुक्रबार
खेल

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

काठमाडौं – नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे।

सम्झौताअनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यू डायमण्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम् सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन। 

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यति रकममा सम्झौता भएको यो पहिलो पटक हो।
सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षककुमार राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए। ‘लामो समयपछि नेपालको वम्बर वान सिमेन्टसँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ। यसका लागि कम्पनीका सुरेन्द्र गोयललाई धन्यवाद।’ राईले थपे।

हामीलाई अझ राम्रो गर्ने चुनौति थपिएको छ। आजसम्म जस्तो खेलेका छौँ । त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिबलमा नयाँ आयाम थप्ने हाम्रो लक्ष्य छ।’ वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने। ‘अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ। यस्तै आगामी दिनमा कसरी अगाडि बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ।’ 

यस्तै शिवम् सिमेन्टका सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भनेजस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउँदाअझै खुशीलागेको बताए। 

खेल प्रेमिको हैसितयतले हामीले न्यू डायमण्डको खेल हेरिरहेका थियौं । एक जना साथीले हाम्रो नाराजस्तै न्यू डायमण्डका खेलाडीले पनि खेलमा कम्प्रमाइज नगरी लागेको भन्नुभयो र हामी पनि सिरियस भएर सोच्यौँ र खेलमा केही गर्नु छ भने न्यू डायमण्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ।’

अहिलेसम्म व्यवसायिकताकै कमीले गर्दा नेपाली भलिबल अगाडि बढ्न नसकेको उदाहरण दिँदै देवकोटाले अब खेलकुदमा पनि व्यावसायीहरूले लगानी गर्न थालेको र व्यावसयिकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडि बढ्ने बताए।

सुरुवात नै ठूलो कुरा हो । खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममा पनि वृद्धि हुँदै जानेछ।’ 
यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झौताले निकै महत्व राख्ने बताए। 

उपाध्यक्ष खड्काले ६–७ वर्ष अगाडि न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दुःखको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइपुर्‍याउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए ।

उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिक उत्तरदायित्वका रुपमा व्यावसायीहरूले खेलकुदमा प्रायोजन गरेको बताए ।

यस्तै नेपाल भलिबल संघका महासचिवचन्दले नेपाली भलिबलमा अब राम्रो दिन सुरु भएको र राम्रो खेल्यो भने प्रायोजक पनि आफैँ आउने बताए।

प्रशिक्षककुमार राईले अब छिट्टै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए।

 

प्रकाशित: ३ भाद्र २०७४ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App