८ वैशाख २०८१ शनिबार
खेल

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

बार्सिलोना- बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोमबार कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन्। ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो।

नेइमार पिएसजीमा आबद्ध भएपछि बार्टोमेउ र उनको बोर्डसमक्ष अगस्ट ३१ मा सरुवा बजार बन्द हुनुअघि क्लबले विगतका सिजनमा गरेको भन्दा दोब्बर रकममा नयाँ खेलाडी भिœयाउन चर्को दबाबमा परेको छ।

‘कुनै पनि खेलाडी बार्सिलोनाभन्दा ठूला होइनन्,’ बार्टोमेउले भने, ‘नेइमार हाम्रो क्लबको सफलताका एक सदस्य थिए तर अब उनी क्लबको इतिहास बनिसकेका छन्।उनी जान चाहन्थे। बार्सिलोना छोडेर पिएसजी जाने उनको निर्णय हो। हामीले उनलाई क्लबमै राख्ने सक्दो प्रयास गर्‍यांै।’

यद्यपि नेइमारलाई पिएसजी जानबाट रोक्न क्लबले उनको फुकुवा रकममा वृद्धि गरेको भन्दै चर्को आलोचना भैरहँदा बार्टोमेउले उक्त आरोपको खण्डन गरेका छन्।

बार्सिलोनाले जुलाई १ बाट नेइमारको फुकुवा रकम २० करोड युरोबाट बढाउँदै २२ करोड २० लाख युरोमा पुर्‍याएको थियो।

‘आगामी दिनमा उनले क्लब छाड्न सक्ने अनुमानमा हामीले नयाँ सम्झौता गर्दा उनको फुकुवा रकम बढाएका थियांै,’ बार्टोमेउले भने, उनको भविष्यका बारेमा दुबिधा बढ्दै जाँदा हामी चुप बस्यांै किनभने यस प्रस्तावमा उनको निर्णय आउनु जरुरी थियो। उनी क्लबमै बसेको भए क्लबकै महान् खेलाडी हुने थिए। उनी जाने भएपछि फुकुवा रकम तिरेर जान सक्थे र यसले हामीलाई नयाँ खेलाडी भिœयाउन सहज हुन्थ्यो।’

बार्सिलोना नेइमारको स्थानमा लिभरपुलका ब्राजिलियन  मिडफिल्डर फिलिपे कौटिन्होलाई भिœयाउन इच्छुक भएको खबर सार्वजनिक भैरहेको छ। ‘नेइमारको सरुवाबाट प्राप्त रकम सावधानीपूर्वक क्षमतावान् नयाँ खेलाडी भिœयाउन खर्च गरिनेछ ,’ उनले भने।

प्रकाशित: २४ श्रावण २०७४ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App