७ वैशाख २०८१ शुक्रबार
खेल

रोनाल्डोमाथि कर छलीको मुद्दा

मड्रिड(एएफपी)– रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि १ करोड ४७ लाख युरो कर छलेको आरोपमा मंगलबार मुद्दा दायर गरिएको छ।

पोर्चुगिज स्ट्राइकरलाई सन् २०११ र १४ को बीचमा १ करोड ४७ लाख युरो कर छलीको आरोपमा मुद्दा दर्ता गरिएको स्पेनका अधिकारीहरूले जनाएका छन्।

‘रोनाल्डोले सन् २०१० मा भूmटो कम्पनी स्थापना गरी स्पेनमा गरेको आम्दानी लुकाउने प्रयास गरेको देखिन आएको छ । जुन स्पेनको कानुनविपरीत हो,’ अधिकारीहरूले जनाएका छन्।

फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा महँगा खेलाडीको सूचीमा अग्रस्थानमा रहन सफल ३२ वर्षे रोनाल्डोलाई अधिकारीहरूले ब्रिटिस भर्जिन आइसल्यान्ड र आयरल्यान्डमा दुईवटा कम्पनी खोली कर छलेको आरोप लगाएका छन् ।

स्पेनमा कर छलीको आरोपमा मुछिने रोनाल्डो तेस्रा खेलाडी हुन् ।

यसअघि गत वर्ष स्पेनको एक अदालतले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय र २ करोड ९ लाख जरिवाना तोकेको थियो ।

तर उनी जेलमा भने जानु परेन । स्पेनको कानुनअनुसार गैरहिंसाको घटनामा २ वर्षभन्दा कमको जेल सजाय भएमा अभियुक्त जेल जानु पर्दैन ।

मेसी र उनका पिता जर्ज हासासियो मेसीमाथि सन् २००७ देखि सन् २००९ सम्मको बीचमा ब्लेजी, ब्रिटेन, स्विजरल्यान्ड र उरुग्वेमा कम्पनी खोली ४ करोड १६ लाख युरो कर छली गरेको आरोप लागेको थियो ।

 त्यस्तै अर्जेन्टिना तथा बार्सिलोनाका रक्षक हाभियर मास्चेरानोलाई पनि गत वर्ष कर छलेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो ।

 

               

               

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App