१६ चैत्र २०८० शुक्रबार
खेल

ताप्लेजुङ महिला लिग च्याम्पियन

काठमाडौं- रौतहटमाथि २-० को विजय हासिल गर्दै ताप्लेजुङले शुक्रबार पाल्पा रंगशालामा एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्र्रतियोतिगाको उपाधि उचालेको छ। भुजुङगा राईले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक फाइनलमा ताप्लेजुङ रौतहटलाई हराउँदै उपाधि जित्न सफल भएको थियो। २३औं मिनेटमा गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी भुजुङगाले ५५औं मिनेटमा अर्को गोल थपेकी थिइन।

ताप्लेजुङले नगद ३ लाख रुपैयाँ पुरस्कार जित्यो। उपविजेता रौतहटको भागमा १ लाख ५० हजार रुपैयाँ पर्‍यो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकहरु पनि जनही नगद १५ हजार रुपैयाँका दरले पुरस्कृत भए। व्यक्तिगत विधामा पाँच उत्कृष्टहरुको पुरस्कार राख्दा विजेता ताप्लेजुङकले चार पुरस्कारमा कव्जा जमायो। ताप्लेजुङकी गोलकिपर लिला लामगाडो, रक्षक गिता राना, मिडफिल्डर अनिता वश्नेत तथा प्रशिक्षक देबकुमार मादेन हुनले व्यक्तिगत प्रदर्शनका आधारमा पुरस्कार जितेको प्रतियोगिता आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। यसैगरी उपविजेता रौतहटकी रश्मीकुमारी घिसिङले उत्कृष्ट फरवार्डको पुरस्कार जितिन।

प्रतियोगिताका विजेताहरुलाई शुक्रबारै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, मानार्थ उपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य रमेश रायामाझी तथा पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष भिमसेन कार्कीलगायतले पुरस्कृत गरे।

एन्फाको आयोजनामा यही जेठ १६ देखि प्रतियोगिता सुरु भएको थियो।

प्रकाशित: २७ जेष्ठ २०७४ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App