६ वैशाख २०८१ बिहीबार
खेल

नवाजमाथि पिसिबीको प्रतिबन्ध

इस्लामाबाद – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बायाँ हाते स्पिनर मोहम्मद नवाजलाई दुई महिना प्रतिबन्ध र १ हजार ९ सय डलर जरिवाना गरेको छ ।   

पिसिबीले भ्रष्टाचार विरोधी नियमको आधारमा नवाजलाई प्रतिबन्ध लगाएको बताएको छ । पिसिबीले बुधबार विज्ञप्ती जारी गर्दै प्रतिबन्ध मे १६ देखी सुरु भएको जनाएको छ । आगामी दिनमा नवाजको आचरणले प्रतिबन्ध केही घटन सक्ने बताइएको छ।

नवाजलाई पिसिबीले खेल मिलेमतोमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । पिसिबीका अनुसार एक पटक नवाजलाई सट्टेबाजले खेल मिलेमतोका लागि प्रस्ताव राखेका थिए । नवाजले आफूलाई आएको प्रस्तावबारे पिसिबीलाई समयमै जानकारी गराएका थिएनन । नवाजले पाकिस्तानी टोलीबाट तीन टेस्ट, नौं एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले तिनै संरचनाको क्रिकेटमा गरी १९ विकेट लिएका छन् । पिसिबीले मार्चमा सकिएको घरेलु पाकिस्तान सुपर लिगको दौरान भएको ‘स्पट फिक्सिङ’ को बारेमा अनुसन्धान गरिरहेको छ । 

खेल मिलेमताको आरोपमा पिसिबीबाट कारबाहीमा पर्ने नवाज दोस्रो खेलाडी हुन् । यसअघि तिब्र गतिका बलर मोहम्मद  इरफानलाई पिसिबीले एक वर्षको प्रतिबन्ध लगाइसकेको छ । यसैगरी पिसिबीले अन्य खेलाडीमाथि पनि अनुसन्धान गरिरहेको छ । सर्जिल खान, खालिद लतिफ, नासिर जम्सेद र सहजाब हसन तथा अर्का बायाँ हाते स्पिनर जुल्फिकर बाबर पनि पिसिबीको अनुसन्धान दायराभित्र छन् । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App