१५ चैत्र २०८० बिहीबार
खेल

भारतीय टोलीको घोषणा

नयाँ दिल्ली- भारतीय क्रिकेट टोली छनोट कमिटीले सोमबार च्याम्पियन्स ट्रफी खेल्ने टोली घोषणा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आर्थिक कुरामा भारतले विमति राखेपछि च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीको घोषणा हुन सकेको थिएन।

नयाँ दिल्लीमा आइसिसीको बैठक बसेको एक दिनपछि भारतले टोली घोषणा गरेको हो। समूह 'बी' मा रहेको भारतले विराट कोहलीको कप्तानीमा प्रतियोगितामा भाग लिनेछ।

समूहमा भारतसँगै पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन्। जुन १ देखि १८ सम्म हुने प्रतियोगिता इङ्ल्यान्ड र वेल्समा हुनेछ। प्रतियोगितामा भाग लिने अन्य सात टोलीले भने आइसिसीले दिएको मितिमै टोली छनोट गरेका थिए। आइसिसीले अप्रिल २५ सम्म टोली छनोट गर्न निर्देशन दिएको थियो।

प्रतियोगितामा इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, अस्टे्रलिया, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्।

आइसिसीको नयाँ आर्थिक नीतिमा भारतले असन्तुष्टि जनाउँदै आएको थियो। आइसिसीको नयाँ आर्थिक नीतिले भारतीय क्रिकेटलाई न्याय गर्न नसकेको भन्दै भारतले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। आइसिसीबाट ५७ करोड डलर पाइरहेको भारतले २०१६–२३ सम्म २९ करोड ३० लाख डलर पाउने निर्णय भएको थियो।

आइसिसीको धेरै आम्दानी भारतबाट हुने गरेको छ। आइसिसीले पछि १० करोड डलर भारतीय क्रिकेट बोर्डलाई उपलब्ध गराउने भने पनि भारतले त्यसलाई स्विकारेको छैन। नयाँ टोलीमा चोटबाट छुटकारा पाउँदै ब्याट्सम्यान रोहित शर्मा फर्किएका छन्।

गत वर्ष इङ्ल्यान्डमै टेस्टका दौरान रोहित घाइते भएका थिए। महेन्द्रसिंह धोनी विकेटकिपरको रूपमा रहँदा मनीष पाण्डे पनि टोलीमा परेका छन्।

भारतीय टोली :  विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, अजिन्क्या रहाने, महेन्द्रसिंह धोनी, युवराज सिंह, केदार जादभ, हार्दिक पाण्डे, रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, मोहम्मद सामी, उमेश यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह र मनीष पाण्डे।

प्रकाशित: २६ वैशाख २०७४ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App