आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ८ विकेट गुमाएको छ।
वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले आठौ विकेटको रुपमा सन्दीप लामिछानेलाई गुमाएको हो।सन्दीप ४बलमा १ रन बनाएर आउट भएका हुन । यस अघि सातौ विकेटको रुपमा गुल्सन झा ४२ रनमा आउट भएका हुन। ताजास्थीतीमा नेपालले ४५ ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्र बनाउन सकेको छ । यस अघि नेपालले टस जितेर पहिला वलिङ रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ।
प्रकाशित: ७ असार २०८० १४:३६ बिहीबार