७ वैशाख २०८१ शुक्रबार
खेल

विशाल मेमोरियल गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीले जित्यो

वीरगन्ज– वीरगन्जमा वैशाख ९ देखि सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फूटबल’को उपाधि त्रिभुवन आर्मी कल्बले जितेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको खेलमा आर्मीले सिएमजी संकटाबिरुद्ध दुई–शून्यको नतिजासाथ उपाधि हात पारेको हो ।

बराबरको प्रतिस्पर्धाबिच सुरु भएको खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । दोस्रो हाफको २३ औं मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले संतोष तामाङको पासलाई हेड गर्दै जालीभित्र पुर्याएका थिए । दुबै टिमका खेलाडी आ–आफ्नो टिममा निकै लयमा देखिए पनि एक गोल हुनासाथ संकटा केही लयविहीन हुन पुगेको थियो। पहिलो गोल भएको तीन मिनेट नबित्दै दोस्रो हाफको २८ औं मिनेटमा आर्मीका प्रिन्सले नै दोस्रो गोल गरेका थिए । उनले भरत खवासको पासमा कर्नर एरियाबाट गोल हानेका थिए । शनिबारको खेलमा २ वटा गोल गरेर मैन आफ द मैच बनेका प्रिन्स यस खेलको बेस्ट स्ट्राइकर पनि घोषित भए ।

संकटाका राज पौडेलले मैन आफ द सेरिजको उपाधि हात पारेका छन्। उनले प्रतियोगिता भरीमा ३ गोल गरेका छन् भने मैदानमा अनुशासित र राम्रो खेल प्रदर्शन गरेकोले उनलाई यो पुरस्कार दिइएको आयोजक बिशाल मेमोरियल फाउण्डेसनका प्रतियोगिता सचिव बिनोद परियारले बताए। त्यसैगरी संकटाका बिक्रम लामाले शनिबारको खेलको लागि बेस्ट मिड फिल्डर र संकटाकै पिटर सेगानले बेस्ट डिफेण्रको उपाधि लिए।

खेलका प्रायोजक तथा विभिन्न बिशिष्ठ ब्यक्तिहरुले पमाणपत्र र मेडल बितरण गरेका थिए । विजयि टिमलाई नेपाल प्रहरीका डिआइजी गणेश केसीले आयोजकको तर्फबाट राखिएको गोल्डकप र पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App