७ वैशाख २०८१ शुक्रबार
खेल

विशाल मेमोरियल गोल्डकपः नेपाल प्रहरीको विजयी सुरुवात

वीरगन्जमा शनिबार सुरु भएको बिशाल मेमोरियल गोल्डकपमा भिड्दै नेपाल प्रहरी (निलो जर्सी) र वीरगन्ज युनाइटेड (पहेलो जर्सी) । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– वीरगन्जमा शनिबार सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’को पहलो दिनको खेलमा विभागीय टिम नेपाल प्रहरीले शून्य–एकको नतिजासाथ विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धी वीरगन्ज युनाइडेडविरुद्ध खेलको १६ औं मिनेटमा नेपाल प्रहरीका सुमन लामाले गोल गरेका थिए।

आक्रमक सुरुवात गरेको नेपाल प्रहरीको टिमले गोलपछिको खेलमा उपलब्धी हात पार्ने कोसिसमै जोड गरेको थियो। युनाइटेडले गोल फर्काउने प्रयासमा कडा टक्कर दिइरहेको थियो। रक्षात्मक किसिमले मैदानमा उत्रिएको वीरगन्ज युनाइटेडले पहिलो आधा अवधिको खेल सकिँदासम्म गोल फर्काउन सकेन । दोस्रो हापपछि आक्रमक खेल गरेपछि नेपाल प्रहरीले रक्षात्मक खेल्नुपरेको थियो। आयोजक बिशाल मेमोरियल फाउण्डेशनको जर्सी लगाएर मैदानमा उत्रिएको वीरगन्ज युजनाइटेडलाई दर्शकहरुले हौस्याउन खोज्दा खेल भइरहेको नाररायणी रंगशाला गुञ्जयमान रह्यो।

नेपाल प्रहरीका लामा ‘म्यान आफ दि म्याच’ भए। उनलाई प्रतियोगिता उद्घाटन सामारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल माहासंघ (एन्फा)का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पुुरस्कार प्रदान गरेका थिए। शनिवारदेखि सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’ बैशाख १६ गतेसम्म चल्ने छ । आइतवार विभागीय टिम एपिएफ र संकटाबीच प्रतिस्पर्धा हुन आयोजकले जनाएका छन्। गोल्डकपमा विभागीय टिमहरु नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफसंगै संकटा, हिमालयन शेर्पा, वीरगन्ज युनाइटेड, नवजागृति कल्ब सिमरा र भारतको पटनाको राजमिल्क गरी ८ वटा टिमले भाग लिरहेका छन्।

 

प्रकाशित: ९ वैशाख २०७४ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App