१६ चैत्र २०८० शुक्रबार
खेल

वीरगन्जमा ‘विशाल गोल्डकप’ हुँदै

वीरगन्जमा शुक्रबार निकालिएको फुटबलको प्रचार र्याली । तस्बिर : रितेश त्रिपाठी

वीरगंज – दुई दशकपछि वीरगन्जमा आयोजन हुन लागेको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिवारदेखि सुरु भएर वैशाख १६ गतेसम्म चल्ने ‘विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’ विशाल मेमोरियल फाउण्डेशनले आयोजन गर्न लागेको हो ।

फुटबलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक विशालजंग राणाको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता सुरु हुनुको एक दिन अगाडि शुक्रवार बिहान आयोजक, फुटबल खेलाडी र वीरगगन्जका फुटबल प्रेमीले एक प्रचार र्याली निकालेका छन् । 

‘आयोजनाको सबै तयारी पुरा भइसकेको छ, नारायणी रंगशालामा दिउँसो १ बजे एक सामारोहबीच उद्घाटन गरी ३ बजेदेखि प्रतियोगिता सुरु हुने छ,’ प्रतियोगिताका संचार संयोजक पंकज श्रेष्ठले भने, ‘वीरगन्ज भनेको फुटबलको लागि उर्वर ठाउँ हो, फुटबलमा पहिलेजस्तै गरिमा फर्काउनमा यो प्रतियोगिता महत्वपूर्ण ठहरिने विश्वास लिएका छौं ।’ विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करणको मुख्य प्रायोजक टुवर्ग कम्पनी रहेको छ । गोल्डकपमा विभागीय टिमहरू नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफसँगै संकटा, हमालयन शेर्पा, वीरगन्ज युनाइटेड, नवजागृति कल्ब सिमरा र भारतको पटनाको राजमिल्क गरी ८ वटा टिमले भाग लिने प्रतियोगिता आयोजन समितिका सचिव बिनोद परियारले बताए ।

राष्ट्रिय स्तरको खेलकुदको लागि उपयुक्त हुने किसिमले बनाइएको वीरगन्जको नारायणी रंगशाला भत्किन लागेकोले त्यसको जिर्णोद्धारका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन पनि प्रतियोगिता सहायक हुने आयोजकहरूको बुझाई छ । वीरगन्जमा दुई दशक अगाडिसम्म वर्षमा ३ वटा बेग्लाबेग्लै गोल्डकप फुटबल पतियोगिता हुने गरेको थियो । विभिन्न कारणले महेन्द्र गोल्डकप, शहिद तेजबहादुर आमात्य गोल्डकप र लक्षमण थापा गोल्डकपले निरन्तरता पाउन सकेन् । अहिले विशाल गोल्डकप पछि वीरगन्जलाई फेरी पुरानै सरह ‘फुटबलल हब’ बनाउने सपना लिएको आयोजनामा जुुटेका खेलाडीहरूको  भनाई छ । 

प्रकाशित: ८ वैशाख २०७४ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App