coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

अर्जेन्टिनासँगको खेलका क्रममा बोलिभियाका खेलाडी। तस्विरः एपी

बोलिभिया— लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना विश्वकप छनौट चरणको खेलमा बोलिभियासँग २–० ले पराजित भएको छ। खेल सुरुहुनुभन्दा केही घन्टा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको थियो। विश्वकपमा प्रवेशका लागि संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि बोलिभियासँगको पराजय निकै महँगो पर्नसक्ने फुटबल विश्लेषकहरुले जनाएका छन्।

दक्षिण अमेरिकाबाट चार टोली विश्वकमा सोझै छनौट हुन्छन्। विश्वकप छनौट चरणका चार खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना बोलियासँगको पराजयसँगै पाँचौं स्थानमा झरेको छ। ब्राजिल, कोलम्बिया, उरुग्वे, चिली क्रमशः पहिलोदेखि चौथो स्थानमा छन्।

घरेलु मैदानको फाइदा उठाउँदै २९ औं मिनेटमा बोलिभियाका जुवान आर्सेले टोलीलाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा मार्सेलो मार्टिन्सले गोल गर्दा अर्जेन्टिना २–० ले पछि परेको थियो। त्यसपछि अर्जेन्टिनी खेलाडीले काउन्टर अट्याकमा गोल गर्ने प्रयास गरेका थिए। बोलिभियाको रक्षापंक्ति बलियो नदेखिए पनि अर्जेन्टिनी खेलाडीहरुले गोल गर्न भने सकेनन्।

खेल सुरु हुनुभन्दा केही घन्टा अगाडि फिफाले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीमाथि विश्वकप छनौट चरण चार खेल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
 
विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसियललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनी प्रतिबन्धमा परेका हुन्।

अफिसियललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा फिफाले उनलाई प्रतिबन्ध गरेको हो। खेलको भिडियोमा उनले अपशब्द प्रयोग गरेको स्पष्ट देखिएको थियो। यो पराजयले अर्जेन्टिनाको विश्वकपमा सोझै छनौट हुने अभियानलाई गम्भीर धक्का दिएको छ।

विश्वकप छनौट चरणका चार खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना बोलियासँगको पराजयसँगै पाँचौं स्थानमा झरेको छ। ब्राजिल, कोलम्बिया, उरुग्वे, चिली क्रमशः पहिलोदेखि चौथो स्थानमा छन्।

दक्षिण अमेरिकाबाट चार टोली विश्वकमा सोझै छनौट हुन्छन्। १४ खेल खेलेको अर्जेन्टिनाले  ६ विजय हाँसिल गरेको थियो भने ४ खेलमा पराजित र ४ खेल बराबरी गरेको थियो।

विश्वकप छनौटमा दक्षिणी अमेरिकी मुलुकहरुले अहिलेसम्मका कति नम्बर पाए?

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App