८ वैशाख २०८१ शनिबार
खेल

अब्दुल्लाको अग्रता कायम

काठमाडौं- अब्दुल्ला अल रकिब मोलाहले एसियन जोनल ३.२ जोनल बुद्धिचाल प्रतियोगितामा एकल अग्रतालाई जारी राख्ने क्रममा नेपाली खेलाडी सुमित पन्तलाई हराएका छन्। बंगलादेशका ग्रान्ड मास्टर १९३५ रेटेड अब्दुल्लासँग नेपाली खेलाडी सुमितले १४औं चालमा गल्ती गर्न पुगेका थिए। १५औं चालमा सुमितले हार स्वीकार गरे। सातौं चरण सकिँदा अब्दुल्लाले ६ अंक जोडे।

साबिक विजेता २५२० रेटेड बंगलादेशका जिउर रहमानले आफ्नै देशका फिडेमास्टर हसन मेहेदीलाई हराए। हसन २२६३ रेटेड खेलाडी हुन। जितसँगै जिउर ५.५ अक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छन्।

प्रतियोगितामा नेपालका पूर्वच्याम्पियन केशव श्रेष्ठले आफ्नो लयलाई जारी राखेका छन्। २०७७ रेटेड केशवले नेपालकै हिमाल लामालाई पराजित गरे। हिमाल २०८१ रेटेड खेलाडी हुन्। हिमाललाई हराएपछि केशवले ५ अंक जोड्दै प्रतियोगिताको तेस्रो स्थानमा पुगे।

बंगलादेशी ग्रान्टमास्टर नियाज मुर्सिदले आफ्नै देशका फिडे मास्टर मोहम्मद रहमान तैवुरलाई हराए। २४२२ रेटेड मोहम्मदले ५ अंक जोडेका छन्। यसै गरी प्रतियोगितामा शनिबार नेपालका फिडे मास्टर एवम् पूर्वच्याम्पियन मनीष हमालले हारको सामना गरे। २०५२ रेटेड हमाललाई बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर आवु सुफिन साकिलले हराए। आवु साकिल २३४३ रेटेड खेलाडी हुन्।

यसै गरी प्रतियोगितामा नेपालका क्यान्डिडेट मास्टर क्षितिज भण्डारीले हार बेहोरेका छन्। क्षितिजलाई बंगलादेशी फिडे मास्टर २२५० रेटेड साइद महफुजुर रहमानले हराए। साकिल र साइदले प्रतियोगितामा ४.५ अंक जोडे।

नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ बंगलादेशी ग्रान्ड मास्टर इनामुल हुसेनसँग बराबरीमा रोकिएका छन्।

प्रतियोगितामा नेपालका मदनकृष्ण, सुुमित, हिमाल, बद्रीलाल नेपाली, श्रीलंकाली कालुगाम्पिटिया आरएस, बंगलादेशी इनामुल हुसेन, हसन मेहेदी र मोहम्मद तैवुरले समान ४ अंक जोडेका छन्।

२१२९ रेटेड श्रीलंकाली कालुगाम्पिटियाले नेपालका मिलन लामा (१७७१) लाई हराए। उता बद्रीलालले  नेपालकै क्यान्डिडेट मास्टर सजिन महर्जनलाई निराश बनाए।

प्रतियोगितामा श्रीलंकाकी सौम्य जैनवले शनिबार महिला सिएम उपाधि हासिल गरेकी छिन्। उनी १७८८ रेटेड खेलाडी हुन्। प्रतियोगितामा सौम्यले बंगलादेशी वुमन फिडे मास्टर नजराना खानसँग बराबरी खेलेकी थिइन्। सौम्यले १९०४ रेटेड खेलाडी हुन्। जैनवले प्रतियोगितामा ४.५ अंक जोडेकी छिन्।

बंगलादेशी महिला इन्टरनेसनल मास्टर रानी हमिदले नेपालकी सविना श्रेष्ठलाई हराउँदै ७ अंकसहित महिलातर्फ अग्रता लिइरहेकी छिन्।

नेपालकी शान्ता थापालाई हराएकी बंगलादेशी महिला  इन्टरनेसनल मास्टर समिमा अख्तर ६ अंकसहित दोस्रो स्थानमा छन्।

बंगलादेशी नजराना खान, वुमन क्यान्डिडेट मास्टर महमुदा हक चौधरी र सरमिन समिहा सिम्मीले समान ४ अंक बनाएका छन्।

बंगलादेशी महिला फिडे मास्टर सुल्तान सरमिन सिरिनले ३.५ अंक जोडेकी छिन्। उनले नेपालकी सिन्दिरा जोशीलाई हराइन्। नेपालका शान्ता थापा र सविना श्रेष्ठ समानको समान ३ अंक छ ।

प्रकाशित: १३ चैत्र २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App