८ वैशाख २०८१ शनिबार
खेल

खेलाडीलाई रविशंकरको ध्यान टिप्स

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ‘आर्ट अफ लिभिङ’ का संस्थापक रवि शंकरलाई भेटेको छ। प्रशिक्षक जगत टमाटासहित गएको नेपाली टोलीलाई रवि शंकरले खेलमा कसरी ध्यान केन्द्रित गर्नेबारे अभ्यास गराएका थिए। 'सुदर्शन क्रिया'  मार्फत कसरी मनोबल बढाउने भनेर अभ्यास गराएका थिए। नेपाली टोलीका कप्तान पारस खड्काले रवि शंकरसँगको भेट उपलब्धिमूलक बनेको बताए। उनले भने, ‘आफैंलाई परिवर्तन गर्न आर्ट अफ लिभिङ  एक उत्कृष्ट माध्यम हो। यो अभ्यास निकै फाइदाजनक रह्यो।’

रवि शंकरले सबै खेलाडीसँग अन्तरक्रिया गरेका थिए। कप्तान पारसले रवि शंकरलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गरेका थिए। रवि शंकरले शरद भेषावकरको ब्याटमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App