coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटिजन्स र आइसिएफसीबीच भिडन्त

काठमाडौं- सिटिजन्स बैंक र आइसिएफसी राजधानीमा जारी कर्पोरेट क्ल्यासको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौं लुम्बिनी (बिओकेएल) लाई २२ रनले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको सिटिजन्स बैंकले निर्धारित १२ ओभरमा ३ विकेटको क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो। सिटिजन्सका कप्तान सुमन पोखरेलले अविजित ६४ रनको योगदान दिए भने सुशन देवकोटाले ९ रन जोडे। बिओकेएलका गणेश खत्रीले २ विकेट लिए।

जबाफी ब्याटिङमा उत्रिएको बिओकेएल ११.१ ओभरमा ७२ रनमा अलआउट भयो। बिओकेएलका प्रमथ शाहले २० तथा किरण थापाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

सिटिजन्सका सुमन पोखरेल, सुशन देवकोटा, प्रभास स्वाँर र विनय गौतमले समान एक विकेट लिए।

सिटिजन्सका सुमन म्यान अफ दी म्याच घोषित भए।

शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइलनमा आइसिएफसीले माछापुच्छ्रे बैंकलाई २८ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

पहिलो ब्याटिङ गरेको आइसिएफसीले निर्धारित १२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन जोडेको थियो। आइसिएफसीका अरविन्द रानाले २०, समीर क्षत्रीले १४ र  सागरनिधि तिवारीले १२ रनको योगदान दिए।

माछापुच्छ्रेका रिजन कर्माचार्यले ३ र माधव सुवेदीले २ विकेट लिए। जबाफी ब्याटिङका लागि उत्रिएको माछापुच्छ्रेले निर्धारित १२ ओभरमा ५ विकेटको क्षतिमा ५७ रन मात्र जोड्न सक्यो।

माछापुच्छ्रेका समीर श्रेष्ठले अविजित १८ र माधव सुवेदीले १२ जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न सकेनन्। आइसिएफसीका समीर क्षत्रीले ३ तथा अरविन्द राणा र समीरराज पाण्डेले १/१ विकेट लिए। आइसिएफसीका समीर क्षत्री म्यान अफ दी म्याच घोषित भए।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App