१६ चैत्र २०८० शुक्रबार
खेल

आर्मी र एपिएफलाई भलिबल उपाधि

पोखरा- त्रिभुवन आर्मीको पुरुष र एपिएफ महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार पोखरा रंगशाला आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २५–२१, २१–२५, २७–२५, २५–१३ ले हरायो। आर्मीले फागुनमा लगातार दोस्रो पटक पुलिसलाई फाइनलमा हराउन सफल भएको हो। यसै महिना भएको प्रधानसेनापति कप पुरुष भलिबल प्रतियोगितामा आर्मीले उपाधि जित्दा पुलिसलाई पराजित गरेको थियो।

एपिएफले भने न्यु डायमन्डसँग काठमाडौंमा पछिल्लो साता भागेको हारको बदला पोखरामा गएर लिएको छ। डायमन्डले आयोजक एपिएफलाई हराउँदैं शसस्त्र प्रहरी महानिरिक्षक कप महिला भलिबलको उपाधि जितेको छ। पुलिसका व्यवस्थापक भरत शाहले तेश्रो सेटमा लिएको अग्रतालाई जोगाउन नसक्दा पराजित हुन परेको बताए। उनले भने, 'दोश्रो सेट जित्दा खेलाडी उत्साहि भएका थिए। तर अग्रता लिएको सेट पनि हामी जित्न सकेनौं। अग्रता जोगाउन नसक्दा टोलीको समन्वय बिग्रियो। त्यसले खेलाडीलाई मानसिक दबाब थप्यो।' राष्ट्रिय टोलीका स्पाइकर समेत रहेका चन्द्र कुँवर घाइते पुर्ण रुपमा फिट नहुँदा पनि फाइनलमा समस्या भएको शाहले बताए। उनले भने,  'कुँवर बिराम छन्। उनको नसामा समस्या देखिएको छ। अनुभवी खेलाडी नहुँदा टोलीमा समस्या थपिएको थियो।'

आर्मीका प्रशिक्षक जगदिश भट्टले पहिलो सेट लिनासाथ खेलाडी ओभर एक्साइटेड भएकोले दोश्रो सेट गुमाउनु परेको बताए। उनले भने, 'हामील आफनो टिमको बलियो पक्ष र कमजोरीलाई राम्ररी बुझन सकेनौं।  विपक्षीले कसरी खेलेका छ भन्ने कुरामा पनि खेलाडीले राम्ररी ध्यान दिएन।'

न्यू डायमन्डका प्रशिक्षक कुमार राइले मुख्य खेलाडी प्रतिभा मालीले सतप्रतिसत खेल्न नसकेको बताए। उनले भने, ' प्रतिभासँग टिम निर्भर छ। प्रतिभाको जुन प्रतिभा थियो। उनले त्यो देखाउनै सकिनन्। डिफेन्स कमजोर भयो। त्यसले एपिएफलाई खेलमा हाबी हुन थप सहयोग गरेको थियो।' एपिएफ प्रशिक्षक प्रकाश थललियाले सोझो सेटमा फाइनल जित्ने खेल लम्बिएको बताए। प्रतियोगिता विधागत तर्फको पुरुष उत्कृष्टमा पुलिसका खेलाडी अगाडी देखिए। आर्मीका धनबहादुर भट्ट प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृ भए। पुलिसका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर, पुलिसका कप्तान उत्कृष्ट सेटर, पुलिसकै शमसेर चन्द उत्कृष्ट रक्षकबाट पुरस्कृत भए।  आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट सर्भर भए। महिला तर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी हुँदा अन्य विधामा भने डायमन्डका खेलाडी अगाडी देखिए। डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, डायमन्डकी कृपा अधिकारी उत्कृष्ट सेटर, डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट रक्षक, डायमन्डकी कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र एपिएफकी रेश्मा भण्डारीले उत्कृष्ट सर्भरको ट्रफी हात पारिन। प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १० हजार पाए। विधागत रुपमा उत्कृष्ट हुनेले जनही ५ हजार प्राप्त गरे। विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले  पुरस्कृत गरेका थिए।

विजेता पुरुष र महिला खेलाडीले समान १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ७७ हजार ७ सय ७७ प्राप्त गरे।

प्रकाशित: १ फाल्गुन २०७३ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App