७ वैशाख २०८१ शुक्रबार
खेल

इकार्डी र पेरिसिकमाथि प्रतिबन्ध

मिलान(एएफपी)– युभेन्ट्सविरुद्धको खेलमा रेफ्रीलाई दूव्र्यवहार गरेको आरोपमा इन्टर मिलानका माउयो इकार्डी र इभान पेरिसिकमाथि २ खेलको प्रतिबन्ध लगाइएको इटालियन सिरी ‘ए’का अधिकारीले सोमबार बताएका छन्।

जारी सिजनमा आइतबार १८औं जित हात पारेको युभेन्ट्सले दोस्रो स्थानको नेपोलीलाई ६ अंकले पछि छाडेको छ । आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम बलियो बनाउने लक्ष्यसहित टुरिन भ्रमणमा निस्केको इन्टर आइतबार १–० को नतिजामा निराश बनेको थियो ।

अन्तिम मिनेटमा रेफ्रीसँग विवादमा उत्रिएपछि क्रोएसियाका मिडफिल्डर पेरिसिकले सिधै रातो कार्ड दर्शन गरेका थिए ।

‘४९औं मिनेटमा पेरिसिकले बारम्बार रेफ्रिविरुद्ध अभद्र व्यवहार गरेका थिए,’ सिरि ‘ए’ले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

युभेन्ट्सका जर्जिनो चिलियानी र मारियो मान्डजुकिचले इकार्डीलाई फाउल गरेपछि इन्टरका प्रशिक्षक स्टेफानो पियोलीले पेनाल्टी अपिल गरेका थिए । तर रेफ्री निकोला रिजोलीले त्यसलाई अस्विकार गरेका थिए । त्यसबाट क्रुद्ध बनेका अर्जेन्टिनाका फरवार्डले रेप्रीmलाई होच्याउने तथा अभद्र खालको हाउभाउ प्रदर्शन गर्दै बललाई लात्तिले हानेका थिए । जोजे माउरिन्हो प्रशिक्षक हुदाँ तीन उपाधि जितेको इन्टर आइतबारको हारपछि शीर्ष टोली युभेन्ट्सभन्दा १२ अंकले पछि रहँदै पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहेर लिगको अन्त्य गर्ने लक्ष्य लिएको इन्टरले पछिल्ला दुई खेलमा ६ अंक गुमाएको छ ।

आफ्नो अपिल अस्विकार भएकोमा प्रशिक्षक पियोली खेल सकिएपछि पनि क्रुद्ध थिए ।

अर्जेन्टिनाका प्रशिक्षक इडुवार्डो बाउजाले आइतबार टुरिनमा गोन्जालो हिग्विन र पाउलो डिवालासँगै इकार्डीको पनि प्रदर्शन नियालेका थिए । इकार्डी र पेरिसिक दुवैले इम्पोली र बोलोग्नाविरुद्ध घरेलु मैदानमा हुने खेल गुमाउने भएका छन् । तर, तीन हप्तापछि सान सिएरोमा एएस रोमाविरुद्धको खेलका लागि दुवै उपलब्ध हुनेछन् । 

प्रकाशित: २६ माघ २०७३ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App