२७ असार २०७७ शनिबार
खेल

खेमको नेतृत्वमा फुटबल संघ

पोखरा- अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङको नेतृत्वमा पश्चिमाञ्चल फुटबल संघ गठन गरेको छ। गुरुङको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति घोषणा गरिएको हो। गुरुङ कास्की एन्फाका पूर्व अध्यक्ष समेत हुन।

कार्यसमितिमा मदन शेरचन (रुपन्देही) र हरीहर श्रेष्ठ (गोर्खा) उपाध्यक्ष रहेका छन। सचिवमा साहारा क्लवका पूर्व उपाध्यक्ष विक्रम थकाली (कास्की), कोषाध्यक्षमा मदन केसी (कास्की) र सदस्यहरुमा टिका बहादुर कार्की (कास्की), एलबी जुहारचन (स्याङजा), रामराज गुरुङ (बागलुङ), ज्योती श्रेष्ठ (तनहुँ), सेत बहादुर पुन (नवलपरासी), शिव वहादुर गुरुङ (कास्की), ओम गुरुङ्ग (लमजुङ) र भरत शर्मा (पाल्पा) रहेका छन।

प्रकाशित: १८ माघ २०७३ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App