८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

भुतपूर्व खेलाडी मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट’ पुरस्कार प्रायोजन गर्ने

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको छाता संंस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले आगामी बैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्ड अन्तर्गत मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट २०७९’ को लागि प्रायोजन गरेको हो। प्रायोजन स्वरुप भुतपुर्व खलाडी मञ्चले खेलकुद पत्रकार मञ्चलाई नगद २५ हजार रुपैयाँ प्र्रदान गरेको छ। त्यस्तै सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई नगद हस्तान्तरण गरेका हुन्।

पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को अन्तिम तयारीमा जुटेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्रवटा उपसमिति बनाई कार्यविभाजन गर्दै आएको छ। आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका राजाराम पौडेलले बताए।  

मञ्चले मंगलबारसम्ममा चारवटा विधाको मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीनतीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ।  

प्रकाशित: ११ वैशाख २०८० ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App