एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदैछ। मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।
यस अघिका दुई खेल जितेको नेपाल आज साउदीलाई हराएर एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ ।
साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ।
नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएको छ । सन् २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिट कपमा नेपाल ९ विकेटले विजयी भएको थियो ।
यो प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन्।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ।यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।
प्रकाशित: ११ वैशाख २०८० ०२:१३ सोमबार