१६ चैत्र २०८० शुक्रबार
खेल

अविनाशको आक्रामक अर्धशतक

काठमाडौं- चन्द ब्रदर्स र ओसिस क्रिकेट एकेडेमीले खुकुरी च्यालेन्ज ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। भक्तपुरस्थित आर्मी स्कुल मैदानमा चन्द ब्रदर्सले आइओई पुल्चोकलाई ५ रनले पराजित गर्‍यो। अर्को खेलमा ओसिस क्रिकेटले पान्डाज्लाई ९९ रनले हरायो।

सुरुआतमा ब्याटिङ गरेको चन्द ब्रदर्सले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४९ रन जोडेको थियो। ब्रदर्सका लागि अनुपम सिंहले ४४, रबिन्द्रजंग शाहीले ३७ र साहिद रिजाले २० रन बनाए। आइओईका दिपेश पाण्डेले ३ विकेट लिए।

जबाफमा आइओई पुल्चोकले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाउन सक्यो। आइओईका गौरव खड्काले ४४, प्रकाश लामिछानेले २८ रन बनाए। प्लेयर अफ द म्याच ब्रदर्सका अनुपम र  रबिन्द्रजंगले समान २/२ विकेट लिए।

अविनास सिंह र अभिनभ यादवले अर्धशतक पूरा गरेपछि अर्को खेलमा ओसिसले १८ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको थियो। प्लेयर अफ द म्याच अविनासले ६० रन बनाए। उनले ३३ बलमा ७ चौका र २ छक्का प्रहार गरेको थिए। ओसिसको स्कोर बढाउन महत्वपूर्ण भूमिका खेलेका अभिनभले ५४ रन बनाएका थिए। अभिनभले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै पान्डाज्का बलरलाई दबाब दिए। ओसिसका श्रीकृष्ण अधिकारीले ३७ रन जोडे। पान्डाज्का सुदिप नेपाल, मनिष बस्नेत र रिजन हुमागाईंले समान १/१ विकेट लिए।

जवाफमा पान्डाज्ले १६.३ ओभरमा ८८ रनमात्र जोड्न सक्यो। पान्डाज्का दिपेन्द्र मैनालीले १६ रन बनाए। ओसिसका सुवोद ढुङगेलले ३ विकेट र समसाद शेखले २ विकेट लिए।

प्रकाशित: ४ माघ २०७३ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App