१६ चैत्र २०८० शुक्रबार
खेल

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

काठमाडौं– राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राजवीरले ४३ बलमा ६२ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको एसपिएले २ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । १ सय ६१ रनको लक्ष्य पछ्याएको केसिटिसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।

८ चौकासहित ६२ रन बनाएका राजवीर सुमित झाको बलमा बोल्ड भएका थिए । उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर रोमन बम १६ बलमा ३ चौकासहित १७ रन जोड्दा अर्को ओपनर विजय राना भने एकै बलको सामना नगरी रनआउट भएका थिए ।  सन्दीप धामीले ३३ रन जोड्दा दीपेन्द्र थापाले २१ रन बनाए । रोशन अधिकारी १२ रनमा अविजित रहे । केसिटिसीका सुमित र सूर्य लामाले समान २÷२ विकेट लिए ।

आयोजक केसिटिसीका सुमित महर्जनले ४१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सुमितले ४१ रन बनाउँदा संजय बस्नेतले ११ रन जोडे । दिलिप यादव ११ रनमा अविजित रहे । केसिटिसीका दुई ब्याट्सम्यान शून्यमा आउट भए ।  
एसपिएका विनोद लामाले ३ विकेट लिए भने महेश अधिकारी र अमित पौडेलले समान २÷२ विकेट लिए । विक्रम लामा र विनोद खत्रीको नाममा १÷१ विकेट रह्यो ।
टस हारेर ब्याटिङ निम्त्याइएको न्यू होराइजनले ५ बलअघि सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
ओपनर निर्मल थापाले न्यू होराइजनको इनिङ सम्हाल्ने प्रयास गरे पनि उनले अर्को इन्डबाट साथ पाएनन् । ३४ बलमा ४ चौकासहित ३४ रन बनाएका निर्मल आइतबार न्यू होराइजनबाट सबैभन्दा धेरै रन बनाउने ब्याट्म्यान बने । मध्यक्रमका कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । नवौं नम्बरमा आएका विक्रम भुसालले १९ बलमा २ छक्का र १ चौकासहित २७ रन बनाए । सुशन भारी र गणेश गौडेले समान १०÷१० रन बनाए ।
नेपाली राइनोजका शरद भेषावकर र सुशील कँडेलले ३÷३ विकेट लिए । रुपेश श्रीवास्तव, सौरभ पेला, पवन सर्राफ र जितेन्द्र ठकुरीको नाममा १÷१ विकेट रह्यो ।
१ सय ५ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान सोनु तामाङले सबैभन्दा धेरै २७ रन बनाए । उनी नवौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । शिव तन्डुकार १९ रनमा अविजित रहँदा पवन सर्राफ १४ रनमा पवेलियन फर्किए । राइनोजका ओपनर जितेन्द्र ठकुरी गोल्डेन डक आउट भएका थिए । दीपेश दास पनि शून्यमा आउट भए । राइनोजबाट अग्रपंक्तिका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्यू होराइजनका कृष्ण कार्कीले ३ विकेट लिए । शहब आलम र विक्रमले २÷२ विकेट लिए भने सुशनले १ विकेट हात पारे । सेमिफाइनलमा न्यू होराइजनले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने एसपिएले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: ३ माघ २०७३ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App