१६ चैत्र २०८० शुक्रबार
खेल

महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता माघ ५ गतेबाट

बारा–कलैयामा माघ ५ गतेदेखि राष्ट्रिय स्तरको टि–२० महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन हुने भएको छ। कलैया क्रिकेट क्लव र साझेदारी केन्द्र बाराको आयोजनामा सिद्धेश्वर क्रिकेट मैदानमा सोबिज मेडिया ग्रुप बिपी स्मृती टि–२० महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

त्रिकोणीय क्रिकेट प्रतियोगितमा बारा, सर्लाही र काठमाडौं जिल्लाका महिला क्रिकेट टिमको सहभागिता रहने आयोजकका उदित गुप्ताले जानकारी गराए।
सहभागी जिल्लाका महिला टिमका धेरै सदस्यले अन्तर्राट्रिय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता खेलिसकेकोले कलैयामा  दुई टिमकाबीच हुने प्रतियोगितामा बढी प्रतिस्प्रधा हुने छ।

माघ ८ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टोलीले नगद २० हजार र उप बिजेतालाई १० हजार पाउने पत्रकार सम्मेलनमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले जानकारी गराएका छन्।

नेपालको क्रिकेट इतिहासमा कलैयाका क्रिकेटक ठूलो योगदान रहेकोमा अव महिला क्रिकेटलाई पनि विकसित गर्नकालागि महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्नु परेको चौरसियाले बताए। तीन लाख जति अनुमानित खर्च हुने प्रतियोगितकालागि सांसद लालबावु सिँहले संसदीय विकास कोषबाट एक लाख सहयोग गरेका छन्।

 

प्रकाशित: २ माघ २०७३ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App