coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रविनको आक्रामक ब्याटिङ

काठमाडौं- रविन जोशीको आक्रामक ५६ रनको मद्दतमा रोयल पिसी फाइटर क्लबले बुधबार रुस्लान क्लब क्रिकेट प्रतियोगितामा खहरे क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रविनले ३० बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित ५६ रन बनाएपछि १ सय १६ रनको लक्ष्य फाइटरले १२.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको खहरे निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो।

ओपनर आयुस्मान बम १ रनमा आउट भएपछि कृष्ण अधिकारी र अर्मत थापाले खहरेको इनिङ सम्हाल्ने प्रयास गरे। दुवैले दोस्रो विकेटका लागि ४१ रन साझेदारी गरे। कृष्णले २० र अमृतले २६ रन बनाए। अनिल थापाले २३ र रोशन पुलामीले २२ रन बनाए।

फाइटरका धिरज शाही र सुरेन्द्र चन्दले समान २/२ विकेट लिए भने रविन खत्री र विजय सुनारको नाममा १/१ विकेट रह्यो।

रोयल फाइटरका रविनबाहेक ओपनर धनबहादुर कार्कीले २३ रन बनाए। धनबहादुरले १४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विजय सुनवारले २९ रन बनाए। फाइटरले अब क्वार्टरफाइनलका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बुधबारको दोस्रो खेलमा आयोजक रुस्लान काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले क्यानन क्रिकेट क्लबलाई ७ विकेट पराजित गर्‍यो। टस हारेर ब्याटिङमा निम्त्याइएको क्यानन क्रिकेट क्लबले ५ विकेट गुमाएर १ सय ११ रन बनायो।

क्याननका लागि सुमन ठाकुरले सर्वाधिक ३८ रन बनाए। भुवन बस्नेतले १५ र अजयकुमार ठाकुरले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। केसिटिसीका सुमित झा र दिलिप यादवले समान २/२ विकेट लिए भने सुधिर चौधरीले १ विकेट लिए।

१ सय १२ रनको लक्ष्य पछ्याएको आयोजकले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। रुस्लान क्रिकेटका लागि सञ्जय बस्नेतले अविजित ४२ रनको योगदान गरे। आदिल खानले १३ रन बनाए भने सुमित महर्जन र विपिन आचार्यले समान ११/११ रन बनाए। विकेक रानामगर पनि ११ रनमा अविजित रहे।

क्याननका दिलिप जैशवालले २ विकेट लिए भने अजयकुमार ठाकुरको नाममा १ विकेट रह्यो।

प्रकाशित: २८ पुस २०७३ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App