१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इन्डियन प्रियिमर लिग आइपिएल आजदेखि सुरु, पहिलो खेल चेन्नई र गुजरातबीच हुने

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ आजदेखि आज देखि शुरु हुँदैछ।आइपिएलको १६ औं संस्करण भारतका विभिन्न सहरमा हुनेछ । यो प्रतियोगितामा  १० टोली सहभागी रहेका छन।

प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ।आइपिएलमा सर्वाधिक धेरै उपाधि मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले चार, कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स, गुजरात टाइटन्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले समान एक पटक उपाधि जितेका छन् ।

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७: ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरुहुनेछ । चेन्नई चार पटक र गुजरात साविक विजेता टोली हुन् ।  

चेन्नईको सम्भावीत टोली

बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, सिसन्डा मगला, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, आकाश सिंह, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे ।

गुजरातको  सम्भावीत टोली  

हार्दिक पान्ड्या, राशिद खान, राहुल टेवाटिया, शुभमन गिल मोहम्मद शामी, शिवम माभी, जोशुवा लिटिल यश दयाल, रविसाई किशोर, डेविड मिलर, अभिनव मनोहर, म्याथ्यु वेड, अल्जारी जोशेफ, केन विलियम्सन, ऋद्धिमान शाह, जयन्त यादव, विजय शंकर, श्रिकर भरत, मोहित शर्मा, ओडेन स्मिथ, नुर अहमद,दर्शन नलकाण्डे, उरविल पाटिल, साई सुदर्शन र प्रदीप सांगवान ।

 

प्रकाशित: १७ चैत्र २०७९ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App