१६ चैत्र २०८० शुक्रबार
खेल

कोहली प्रेरित भारतको अग्रता

मुम्बई- कप्तान विराट कोहलीको अविजित १ सय ४७ रनप्रेरित भारतले शनिबार मुम्बईमा इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा ५१ रनको अग्रता लिएको छ। भारतीय टोलीका कप्तान विराटले यो वर्ष अविस्मणीय रुपमा कीर्तिमानी प्रदर्शन गरिरहेका छन्। वाङखडे रंगशालामा कोहलीले १७ चौकासिहतको शानदार ब्याटिङ गरेपछि तेस्रो दिनको समाप्तीमा घरेलु टोलीले ७ विकेटको नोक्सानीमा ४ सय ५१ रन बनाएको छ।

'उनले आज निकै राम्रो खेलेका छन्। कहिलेकाँही विपक्षीले राम्रो खेले पनि स्विकार गर्नु पर्छ,' कोहलीको तारिफ गर्दै इङ्ल्यान्डका ब्याट्सम्यान २५ वर्षे जोए रुटले भने, 'उनले यो शृंखलामा जति रन बनाएका छन्,  त्यो घरेलु मैदान वाहिर भएको भए अझै विशेष हुने थियो।'

कोहलीले यसवर्ष १ हजार टेस्ट रन पूरा गरेका छन् भने करियरमा ४ हजार रन बनाइसकेका छन्। तेस्रो दिनको सुरूमै चेतेश्वर पुजारा ज्याक बेलको बलमा आउट भएपछि कोहली क्रिजमा आएका थिए। १४६–१ को अवस्थाबाट भारतले तेस्रो दिनको सुरुआत गर्दा मुरली विजय ७० र पुजारा ४७ रनको स्थितीमा थिए।

बेलले आफ्नो दोस्रो बलमै पुजरालाई पवेलियन फर्काएका थिए। तर कप्तान कोहलीले भारतको इनिङ सम्हाले। कोहलीले २०१६ मा दुई पटक दोहोरो शतक बनाइसकेका छन्। जारी शृंखलामा कोहलीको यो दोस्रो शतक हो। उनले विशाखापट्टनममा सम्पन्न दोस्रो टेस्टमा पनि १ सय ६७ रन बनाएका थिए।

भारतलाई ५१ रनको अग्रता दिलाउन मुरली विजयले पनि शतकीय इनिङ खेले। १० चौका र ३ छक्का प्रहार गरेका विजय १ सय ३६ रन बनाउँदा एडिल रसिदको बलमा कट एन्ड बोल्ड भएका थिए।

‘उनीहरुले लय समाएपछि बलरलाई निकै कठिन हुन्छ,’ २ विकेट लिएका रुटले भनेे, ‘भोलीको तयारीमा जुट्नु हाम्रो अहिलेको मुख्य आवस्यकता हो। भोली विहान चाढै बाँकी ३ विकेट लिन सक्यौं भने हाम्रो सम्भावना कायम रहन्छ।’

रुटले पार्थिव पटेललाई १५ र रविचन्द्र अश्विनलाई शुन्य रनमा पवेलियन फर्काएका थिए। २५ रन बनाएका रविन्द्र जडेजालाई एडिल रसिदले बट्लरको हातबाट क्याच गराएका थिए। त्यसअघि करुण नायरलाई मोइन अलीले एलबिडब्लु धरापमा पारेका थिए।   

प्रकाशित: २६ मंसिर २०७३ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App