७ वैशाख २०८१ शुक्रबार
खेल

फाल्गुनन्द गोल्ड कप फुटबल सर्यो

पाँचथर–मेची अञ्चलको प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ सस्करण पुष १५ गते देखि २४गतेसम्म हुने भएको छ । पूर्वाञ्चलमा हुने राष्ट्रिय खेलकुद प्रयोगितासँग जुधेपछि प्रतियोगिता हुने मिति सरेको हो ।

आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद प्रतियोगितासँग मति जुधेकाले सात दिन पछि प्रतियोगिता सारीएको जनाएको छ । राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको नाममा खेलाईने जिल्लाकै ठूलो पुरस्कार भएको प्रतियोगिताको समय सरेपनि तयारी तीब्ररुपमा भईरहको क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा दश टिमको सहभागिता हुने तय भएको छ । दुई लाख ५० हजार रासिको पुरस्कार रहेको प्रतियोगितामा पूर्व, काठमाण्डौँ र भारतका विभिन्न टिमको सहभागिता हुने छ ।

प्रकाशित: १९ मंसिर २०७३ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App