coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

क्युटो– इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

भ्रष्टाचार आरोप प्रमाणित भएपछि उनलाई जेल सजाय सुनाइएको हो। उनलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पनि भ्रष्टाचार गरेको आरोप लागेको छ।

७० वर्षे लुइसले १८ वर्षसम्म फुटबल संघको नेतृत्व तहमा काम गर्दै आएका थिए। सन् २०१५ देखि उनलाई आफ्नो निवासमै नजरबन्द राखिएको थियो।

लुइसलाई अन्य दुई संस्थामा पनि आर्थिक हिनामिना गरेको आरोप लागेको थियो । अमेरिकाले नेतृत्व गरेको अनुसन्धान विभागले ४० मुख्य अधिकारीमा लुइसमा परेका थिए । न्यायाधीश मिरिएम इस्कोबारले इक्वेडर फुटबल फेडेरेसनमा भ्रष्टाचार गरेको पुष्टि भएको बताएका छन् ।

प्रकाशित: ८ मंसिर २०७३ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App