१६ चैत्र २०८० शुक्रबार
खेल

फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने

काठमाडौं– मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टोलीका खेलाडीलाई कान्तिपुर होलिडेजले पाँच दिने दुबई टुर गराउने भएको छ। नेपाली फुटबल खेलका इतिहासमा नयाँ आरम्भको सुरुवात गर्न सफल फुटबल खेलाडीलाई प्रोत्साहन स्वरुप कान्तिपुर होलिडेजले दुबई टुरको आयोजना गर्ने जानकारी दिएको हो । 

सम्पूर्ण फुटबल खेलाडीमध्ये दुई जना उत्कृष्ट खेलाडी छानेर दुबई भ्रमणमा लैजाने कान्तिपुर होलिडेजका प्रवन्ध निर्देशक रमेश पराजुलीले प्रेस बिज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् । 

कम्पनीले अफिसियल फेसबुक पेजमा गएर राम्रो खेल खेलेका दुई उत्कृष्ट खेलाडीलाई भोट गरी खेलाडी छान्न अनुरोध गरेको छ। 'खेलाडी छान्ने जिम्मा आम जनतालाई नै दिएका छौं, जसको भोट धेरै आउँछ उहाँहरुलाई भ्रमणमा लाने छौं’कम्पनीले भनेको छ।

प्रकाशित: ३ मंसिर २०७३ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App