६ वैशाख २०८१ बिहीबार
खेल

एएफसी कप विजेता फुटबल टोलीलाई नगर परिक्रमा गराइने

काठमाडौं—एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइने भएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७-९ विमानबाट ८:३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गर्दैछ।

विजयी टोलीलाई एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय पुग्नेछ।

उपाधि विजेता टोलीलाई स्वागत गर्न हजारौं फुटबल समर्थक त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका छन्। उनी नेपाल! नेपाल!! भन्दै नारा लगाइरहेका छन्।

विजयी टोलीको स्वागतका लागि नेपालको यु १४ राष्ट्रिय फुटबल टोली तथा महिला फुटबल टोली राष्ट्रिय झन्डा लिएर विमानस्थलमा छ।

राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव केशवकुमार विष्ट, एन्फा कार्यवाहक अध्यक्ष मणि कुँवर पनि विमानस्थलमा छन्।

बुधबार मकाउलाई १-० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कप जितेको थियो।

प्रकाशित: १ मंसिर २०७३ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App