४ वैशाख २०८१ मंगलबार
खेल

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा  नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए।

अत्याधुनि इन्सास र एम–१६ चलाउन सक्ने मीराको धोको समायोजनमार्फत् नेपाली सेनामा जाने थियो। उनले त्यहीअनुसार आफ्नो शारीरिक, मानसिक तयारी गरिरहेकी थिइन्। तर भनिन्छ नि सोचेजस्तो हुन्न जीवन। उनले सिन्धुलीस्थित दोस्रो डिभिजनमा सजाएका सपनाहरु पूरा भएनन्। अनमिनले उनलाई ‘अयोग्य लडाकू’ ठहर गर्‍यो। यो प्रमाणीकरणले नेपाली सेनामा जाने उनको सपना समाप्त पारिदियो।

अब मीराका अगाडि दुई बाटाहरु थिए– घर फर्किने वा साहस र धैर्यताका साथ नयाँ लक्ष्य तय गर्दै अघि बढ्ने। माओवादी युद्धको अनुभव सम्हालेकी उनी झोला बोकेर घर फर्किने योजनालाई त्याग्ने मनस्थितिमा पुगिन्। बरु  सिन्धुलीमै ‘क्याम्फल्इज’ गरेर बासिन्।

‘मलेसिया गएको भए मैले मेरो परिवारलाई राम्रो बनाउन सक्थेँ होला। अहिले नेपालको झण्डा विश्वस्तरमा फहराउन पाउँदा मैले सही निर्णय गरेँछु भन्ने लाग्छ’, उनले सुनाइन्।

अहिले नेशनल जियोग्राफी २०१७ एड्भेन्चर्स अफ दि इरको पिपुल्स च्वाइसमा परेकी उनको जीवनले त्यहीँबाट दोस्रो बाटो समात्यो। एसएलसीसम्मको अध्ययन र दौडने अभ्यास उनले सिन्धुलीबाटै सुरु गरेकी हुन्।  नेसलन जियोग्राफिले २०१७ का लागि घोषणा गरेको एड्भेन्चर्स अफ दी इयरको पिपुल्स च्वाइस अवार्डमा मनोनयन गरको छ। यो सँगै मीराको चर्चा अझ फेरि एक पटक चुलिएको छ। मीरासँगै यो अवार्डको लागि १० जना मनोनयनमा परेका छन्।

‘ब्यारेकबाट बाहिरिँदै गर्दा कस्तो महसुस भएको थियो?’, केही समय पहिले उनलाई मैले सोधेको थिएँ। सैन्य जीवन सम्झिँदा उनले केही अप्ठ्यारो मानिन्। ‘सानै उमेरदेखि देश परिवर्तन गर्ने सपना बोकेर पार्टी (माओवादी) मा लागियो, ब्यारेकमा बस्न थालेपछि अर्को रहर थपियो नेपाली सेना हुने तर अयोग्य भनेर बाहिरिनु पर्दा निकै पीडा भएको थियो’, उनले भनिन्, ‘तर यत्तिकै घर फर्किन हुँदैन भन्ने मेरो मनको एउटा कुनामा थियो। त्यसैले सिन्धुलीमै बसेर एसएलसी पास गरेँ, खेल्न थाँले। त्यही आत्म विश्वासले सफल अल्ट्रा धावक बनायो।’

अस्थायी शिविरबाट बाहिरिएपछि मात्र उनी खेलसँग जोडिएकी होइनन्। शिविरकै पीएलए स्पोटर्स क्लवबाट उनी कराँते र एथलेटिक्स खेल्ने गर्थिन्। राष्ट्रसंघीय मिसनले ‘अयोग्य’ ठहर गरेपछि उनको खेल जीवन पनि धर्मारायो। खेल जीवन अघि बढाउने कि पैसा कमाउन वैदेशिक रोजगारीमा जाने?  जीवनले उनी सामु दुई प्रश्न तेर्साएको थियो। परिवारका लागि कमाउनै पर्ने अवस्थाका कारण उनले आफ्नो रहर त्याग्ने निष्कर्षमा पुगिन्। र काठमाडौंको एउटा मेनपावरबाट मलेसिया जान आवेदन दिइन्। नभन्दै उनको पासपोर्टमा भिषा पनि लाग्यो।

‘मेरो मनभित्रै देखि खुशी थिएन। त्यसैले म पासपोर्ट नै लिएर गुरु (ध्रुवविक्रम मल्ल) कहाँ पुगेँ’, उनले भनिन्, ‘यहीँ बसेर खेल्न मन थियो। गुरु म त मलेसिया जाने भएँ। यति मात्र बोलेँ।’ त्यही क्षण उनको जीवनको टर्निङ पोइन्ट सावित भयो। मल्लकै सल्लाहमा उनी मलेसिया नजाने भइन्। खेलेरै जीवन चल्न सक्छ त? मलेसिया नजाँदा मूल्य मैले चुकाउनु पो पर्ने हो कि? यी प्रश्नहरुले उनलाई सधैँ सताए। ‘मलेसिया गएको भए मैले मेरो परिवारलाई राम्रो बनाउन सक्थेँ होला। अहिले नेपालको झण्डा विश्वस्तरमा फहराउन पाउँदा मैले सही निर्णय गरेँछु भन्ने लाग्छ’, उनले सुनाइन्।


दोधारै दोधारबीच राजधानी छिरेकी मीराले काठमाडौं आएर कराँते खेल्न थालिन्। ध्रुव विक्रम मल्लसँग उनले थप नयाँ कला सिकिन्। जति खेल्दा पनि नथाक्ने उनको बानी एथलेटिक्समै फिट हुने मल्लले देखे। त्यसपछि बल्ल उनको खेल जीवनले नयाँ उचाई पायो।

दोधारै दोधारबीच राजधानी छिरेकी मीराले काठमाडौं आएर कराँते खेल्न थालिन्। ध्रुव विक्रम मल्लसँग उनले थप नयाँ कला सिकिन्। जति खेल्दा पनि नथाक्ने उनको बानी एथलेटिक्समै फिट हुने मल्लले देखे। त्यसपछि बल्ल उनको खेल जीवनले नयाँ उचाई पायो।

भोजपुर सानो दुम्जाकीकी मीराले धाविकाको रुपमा आइपुग्न जीवनमा धेरै रोचक दौडहरु दौडिसकेकी छन्।

उनको गाउँमा टाकुरामा छ। त्यो टाकुराबाट विद्यालय जान करिब १ घण्टाको उकाली ओराली गर्नु पर्थ्यो। उनका साथीहरु बाटामा थाकेर असिना पसिना बन्दा पनि मिराको उस्तै फुर्ति उस्तै हुन्थ्यो। ‘विद्यालय जाँदा आउँदा साथीहरु थाकेर बस्थे तर म एक साथमा स्कुल पुग्थेँ घर आउँथे’ उनले भनिन्। सायद उनका जीवनका प्रारम्भीक दौडहरु यीनै थिए।

विद्यालय जाने आउने बाटोले नै धाविका बनाएछ है ? मिरालाई प्रश्न राखेँ। हँ...लामो स्वास लिइन्। फेरी टेवल तर्फ हेर्दै मुस्कुराईन र भनिन् ‘अँ त्यस्तै भन्नु पर्‍यो। ’ उनले थपिन्, स्कुल जाँदाको मात्र होइन, गाउँमा भारी बोकेर डाँडा पाखा गर्दाको हिँडाइ पनि उनको प्रारम्भीक प्रशिक्षण जस्तै थियो।

मीराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन्। उनको अल्ट्रा दौडसँगको पहिलो जम्काभेट नै त्यो थियो। ‘पहिलो पटक टोखामा ५ किलो मटिरको दौडमा त दौडिएकी थिएँ तर अल्ट्र दौडमा अनभिज्ञ थिए’ उनले भनिन्, ‘दौडने र अल्ट्रालाई चिन्ने अवसर थियो त्यो मेरा लागि।’

अल्ट्रा दौडमा मीराको अन्तर्राष्ट्रिय यात्रा भने इटलीबाट सुरु भयो। पहिलो पटक उनले इटलीको एक प्रतियोगितामा भाग लिएकी थिइन्। त्यतिवेला उनको लागि सबै नयाँ थियो। एक उनी पहिलो पटक जहाज चढ्दै थिइन्, पहिलो पटक विदेश जाँदै थिइन् र पहिलो पटक विदेशी भूमिका दौडँदै थिइन्। यी सबै नयाँ पनका साथ पनि उनले उत्कृष्ट प्रदर्शन गरिन्। त्यस पछि उनले हङकङ, अष्ट्रेलीया, इटली र फ्रान्समा आयोजना भएका दौडमा भाग लिइन्। अहिले उनी त्यही अल्ट्रा दौडका एक पछि अर्को सिँढी उक्लँदै छिन्। कहिले स्वदेशमा त कहिले विदेशमा ।

हङकङ र फ्रान्समा जितेको अन्तर्राष्ट्रिय अल्ट्रा अवार्डले  एकाएक ‘अयोग्य छापामार’लाई योग्य धाविकाको रुपमा चर्चाको शिखरमा पुर्‍याएको थियो। फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि युरोप मात्र होइन विश्वभरि उनी चर्चित भइन्। भोजपुर सानो दुम्जाकी २६ वर्षे मीराले अहिलेको सफलतासम्म आइपुग्न जीवनका अनेक घुम्ती पार गरिसकेकी छिन्। अहिले उनीसँग अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा हात पारेका आठ स्वर्ण पदक छन्।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App