coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिफाले सार्वजनिक गर्यो वर्ष खेलाडीको मनोनयन

ज्युरिक–विश्व फुटबल महासंघ फिफाले सन् २०१६ को फिफा वर्ष खेलाडीका लागि २३ जना   खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ।
फ्रान्सेली म्यागेजीन बेलोन डि ओरसँगको सहकार्य टुटेपछि फिफाले यसवर्षबाट फिफा वर्ष खेलाडीको नामबाट अवार्ड प्रदान गर्न लागेको हो। फिफाले यसका लागि २३ जना खेलाडीको नामावली सार्वजनिक गरेको हो।

फिफाले सार्वजनिक गरेको मनोनयमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, सर्जियो एग्वेरो, ग्यारेथ बेल, एन्टोनी ग्रिजम्यान, नेइमार, आन्द्रेस इनियस्टा, एलेक्स सान्चेज,  लुइस स्वारेज, केभिन डि ब्रोइन, जाल्टन इम्ब्राहिमोबिच, म्युसेट ओजील, म्यनुयर न्युअर, जिमी भार्डे, रियाद मरेज, डिमिट्री प्येट, लुका मोर्डिक, बुफोन, सर्जियो रामोस, रोबर्ट लेभेन्डोस्की, टानी क्रुस, कान्टे र पाउल पोग्वा रहेका छन्।

फिफाले वर्ष खेलाडीका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकले गरेको मतदानबाट ५० प्रतिशत र विश्वभर का २ सय खेल पत्रकार तथा समर्थकले अनलाइनमार्फत गरेको मतदानको ५० प्रतिशतको आधारमा डिसेम्बर २ मा अन्तिम तीन जनाको नामावली सार्वजनिक गर्ने बताएको छ। यसका लागि नोभेम्बर ४ देखि २२ सम्म भोट गर्न सकिने छ ।
फिफाले यस अघि नोभेम्बर १ मा फिफा महिला वर्ष खेलाडी, फिफा महिला प्रशिक्षक र फिफा पुरुष प्रशिक्षकको मनोनयनमा सार्वजनिक गरेको थियो। फिफाले विजेतको घोषणा जनवरी ९ सन् २०१७ मा गर्दैछ।

 

प्रकाशित: २० कार्तिक २०७३ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App