coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकको  शीर्ष स्थानमा उक्लिएको छ। गए राति सम्पन्न खेलमा म्याचेस्टर सिटीले वेस्ट ब्रुमलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

खेलको १९ औ मिनेटमा गोल गर्दै सर्जियो एग्वेरोले म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २८ औ मिनेटमा फेरी एग्वेरोले गोल गर्दा म्यानचेस्टर सिटीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

खेलको दोस्रो हाफमा पनि आक्रमक देखिएको म्याचेस्टर सिटीका इके गुणगोङले खेलको ७९ औ र ९० औ मिनेटमा गरि दुई गोल गर्दा सिटीले ४–० को सहज जित हात पारेको हो । पछिल्लो ६ खेलमा सिटीको यो पहिलो जित हो।

प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न अर्को खेलमा  लिभरपुले क्रिस्टल प्यालेसमाथी ४–२ को जित निकाल्न सफल भएको छ । उसको जितमा क्यान, लोभरेन , मटिप र फ्रिमिनोले समान एक एक गोल गरेका थिए । क्रिस्टल प्यालेसका म्याकअर्थरले २ गोल गरे पनि त्यो खेलमा फर्कन प्रयाप्त भएन।
यता म्यानचेस्टर युनाइटेड भने नवप्रपेशी बर्लीसँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दाँ युनाइटेड बर्लीसँग अंक बाढ्न बाध्य भएको हो।

यो जितसँगै म्यानचेस्टर सिटी १० खेलबाट २३ अंक सहित लिगको शिर्ष स्थानमा रहँदा समान खेलबाट समान २३ अंक जोडेका आर्सलन र लिभरपुल  भने गोल अन्तरको आधारमा क्रमश लिगको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यस्तै टोटनह्याम २० अंक सहित लिगको चौथो स्थानमा रहदाँ एक खेल कम खेलेको चेल्सी भने १९ अंक सहित पाँचौ स्थानमा रहेको छ।
 
 

प्रकाशित: १४ कार्तिक २०७३ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App