१६ चैत्र २०८० शुक्रबार
खेल

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

मड्रिड–स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ।
शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले स्र्पोटिङ गिजोनलाई ५–० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा नेइमारले दुई गोल गर्दा लुईस स्वारेज, राफिन्हो र आन्द्रे तुआनले समान एक एक गोल गरेका थिए।

त्यस्तै हिजै सम्पन्न अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिड नवप्रवेशी  ला पाल्माससँग २–२ गोलको बराबरीमा रोकिएको छ। खेलको ३३ औं  मिनेटमा गोल गर्दै रियलका मार्को एसेन्सियोले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए तर त्यसको पाँच मिनेट पछि नै पाल्मासका टानाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ६७ औं मिनेटमा करिम बेन्जामिनले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाएका थिए।  तर अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका सेर्गियो अराउजोले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदा रियल अंक बाढ्न बाध्य भयो ।

त्यस्तै अर्को खेलमा एथ्लेटिको बिल्बओले सेभिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यस बराबरपिछि पनि रियल मड्रिड  १४ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ। त्यस्तै बार्सिलोना १३ अंकका साथ लिगको दोस्रो स्थानमा रहँदा एथ्लेटिको बिल्बओ भने १२ अंकका साथ तेस्रो तथा सेभिल्ला ११ अंकका साथ चौथो स्थानमा रहेको छ ।

 

प्रकाशित: ९ आश्विन २०७३ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App