१६ चैत्र २०८० शुक्रबार
खेल

श्रीकुमारीलाई सफलता

काठमाडौं- टंकबहादुर सिङ्देनको  दुई गोलप्रेरितश्रीकुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार टुसाल युथ क्लबलाई  २–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। हिसुब थपलियाले पहिलो हाफको इन्जुरीमा समयमा गोल गर्दै टुसाललाई अग्रता दिएका थिए। तर त्यसको दुई मिनेट बित्न नपाउँदै टंकले बराबरी गोल फर्काएका थिए। उनले दोस्रो हाफको अन्तिममा मिनेटमा अर्को गोल थप्दै श्रीकुमारीलाई महŒवपूर्ण ३ अंक दिलाए।

८ खेलबाट १७ अंक बटुलेको श्रीकुमारी दोस्रो स्थानमा छ। समान १२ अंकसहित न्युरोड टिम (एआरटी) पहिलो स्थानमा छ। तथापिएनआरटीले एक खेल कम खेलेकोछ। ८ खेलबाटै १६ अंक बटुलेको च्यासल युथ क्लब तेस्रो स्थानमा छ।

च्यासलले शनिबार मध्यपुर युथलाई २–० ले पराजित गर्‍यो। हल्चोकस्थित एपिएफ रंगशालामा च्यासलको जितका लागि सुसन राई र कप्तान रविन व्यन्जनकारले गोल गरे। ३२ मिनेटमा सुसनको गोलबाट अग्रता लिएको च्यासलबाट रविनले ४६औं मिनेटमा अग्रता दोब्बर पारे। दुई खेलको निलम्बनपछि फर्किएका रविनले फ्रिकिकमा गोल गरेका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा एकमात्र खेलमा पुल्चोक स्पोर्टसले महावीर क्लबलाई ३–१ ले पराजित गर्‍यो। तेजेन्द्र पुनले १२औं मिनेटमा गरेको गोलमा पुल्चोकले अग्रता लियो। कमल थापाले ३२औं मिनेटमा अग्रता दोब्बर पारे। पहिलो हाफ सकिन ६ मिनेट बाँकी हुँदा गणेश हेमरनले अर्को गोल थपे। सुरज थापाले ६५ औं मिनेटमा गरेको गोल महावीरका लागि सान्त्वना बन्यो।

पुल्चोक पाँचौं स्थानमा छ भने मध्यपुर युथ क्लब दसौं स्थानमा पुगेको छ। १ अंकमात्र जोड्न सकेको महावीर पुछारमा छ।

प्रकाशित: २ आश्विन २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App