coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेरेना युएस ओपनको चौथो चरणमा

न्युयोर्क- सेरेना विलियम्सले युएस ओपनको चौथो चरणमा स्थान पक्का गरेको दिन शनिबार पुरुष तर्फ एन्डी मरे र स्टेन वावारेन्का अन्तिम १६ मा पुगेका छन्। विश्व नम्बर एक सेरेनाले स्विडेनकी जोहाना लार्सन माथि ६–२, ६–१ को सहज जित हासिल गरेकी थिइन्। यससँगै सेरेनाले मार्टिना नभ्राटिलोभालाई पछि पर्दै ग्रान्डस्लाममा सबैभन्दा बढी  खेल जित्ने खेलाडी बनेकी छिन्। उनको जित संख्या ३ सय ७ पुगेको छ। सेरेनाले रोजर फेडेररको जितसँग बराबरी गरेकी छिन्।

‘महिला र पुरुष दुबैमा यो स्थानसम्म आइपुग्नु सजिलो पक्कै छैन। यो दुर्लभ पनि हो त्यसैले धेरै खुसी लागेकोछ,’ सेरेनाले भनिन्, ‘यो संख्यालाई अझै बढाउन चाहन्छु।’

सेरेनाले अब क्वार्टरफाइनलका लागि काजाकास्तानकी यारोस्ताभा स्भेदोभासँग प्रतिस्पर्धा गर्ने छिन्।  दुई पटकका ग्रान्डस्लाम विजेता तथा न्युयोर्कमा दुई सेमिफाइनल खेलसकेका वावरेन्काले संघर्षपुर्ण जित निकाले। तेस्रो वरियताप्राप्त स्विजरल्यान्डका वावरेन्काले बेलायतका डन इभान्सलाई ४–६, ६–३, ६–७(६/८), ७–६(१०/८), ६–२ सेटमा हराए।  ‘म्याच पोइन्टमा जित्नु सधै सुखद र विशेष हुन्छ,’ वावरेन्काले भने, ‘यो खेल जित्दा म धेरै खुशी छु।’

वेलयातका मरेले पाउलो लोरेन्जीविरुद्ध जित निकाल्न संघर्ष गर्नुपर्‍यो। इटालीका लोरेन्जीले पहिलो र दोस्रो सेटमा मरेलाई दबाबमा राखेका थिए। मरेले ७–६(७/४), ५–७, ६–२, ६–३ को सेटमा खेल आफ्नो पक्षमा पारे ।

‘मैले यो धेरै हतार गर्न रोक्नु पर्छ,’ विम्बल्डन विजेता तथा रियो ओलम्पिक यात्रा सकेर आएका मरेले भने, ‘मैले धेरै गल्ति गरे। लोरेनजी धेरै राम्रो खेलाडी हुन् जसले सहजै अंक दिदैनन्।’

मरेलेे अब बुल्गेरियाका ग्रिजोर दिमिट्रोभसँग खेल्नेछ। दिभिट्रोभले पोर्चुगलका जोओ सोउसालाई ६–४, ६–१, ३–६, ६–२ ले हराए। वावरेन्काले क्वार्टरफाइनलका लागि युक्रेनका इल्या मार्चेन्कोसँग खेल्नेछन्। अस्ट्रेलियाका निक केरजियोस तेस्रो सेटमा घाइते भएर खेल त्यागेपछि मार्चेन्को चौथो चरणमा प्रवेश गरेका थिए। ४–६, ६–४, ६–१ को अवस्थामा केरजियोस घाइते भएका थिए।

छैटौं वरियताप्रप्त जापनका केइ निशिकोरीले फ्रान्सका निकोलस महुटलाई ४–६, ६–१, ६–२, ६–२ सेटमा पराजित गरेका थिए। त्यस्तै अर्जेन्टिनाका जुवान मार्टिन डेल पोर्टोले स्पेनका डेभिड फेरेररलाई ७–६(७/३), ६–२, ६–३ ले पराजित गरे।

महिला तर्फ चौथो वरियाताका एजनिइस्का रडवान्स्काले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६–२, ६–३ ले पराजित गर्दै चौथो चरणमा पुगिन्। रडवान्स्काले चौथो चरणमा क्रोएसियाकी अना कोन्जुसँग प्रतिस्पर्धा गर्नेछिन्। कोन्जुले अमेरिकाकी भर्भरा लेप्चेन्कोले ६–३, ३–६, ६–२ को सेटमा हराइन्।

हंगेरीकी टिमेए बाबोस रोमानियाकी पाँचौ वरियताप्राप्त सिमोना हेलेपसँग ६–१, २–६, ६–४ को सेटमा पराजित भइन्। हेलेपले क्वार्टरफाइनलका लागि स्पेनकी कार्ला स्वारेज नाभारोसँग प्रतिस्पर्धा गर्नेछिन्। नाभारोले रसियाकी इलेना भेस्निनालाई ६–४, ६–३ को सेटमा हराएकी थिइन्।

छैटौं वरियताकी भेनस विलियम्सले जर्मनीकी लउरा सिगमन्डलाई ६–१, ६–२ सेटमा जित निकालिन्। भेनसले चेक गणतन्त्रकी क्यारोनिा पिसकोभासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: २० भाद्र २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App