७ वैशाख २०८१ शुक्रबार
खेल

हिसान स्पोर्ट्स मिट: कान्तिपुरलाई क्रिकेटको र कोसीलाई फुटलबलको उपाधि

११ औं हिसान स्पोर्ट्स मिटमा क्रिकेटको कान्तिपुर कलेज र फुटबलको कोसी क्याम्पसले उपाधि जितेका छन्। 

डिफेन्डिङ च्याम्पियन कोसी क्याम्पसलाई ९८ को फराकिलो रनअन्तरले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको छ।

टस जितेर ब्याटिङ थालेको कान्तिपुरले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३७ रन बनायो। जसमा निशान्त यादवले ४०, भोला सेठले २७, कृष्ण गुप्ताले २५ र नवराज संग्रौलाले १५ रन बनाए। कोसीका सुमन पासवान र अमित रायले १–१ विकेट लिए।

१ सय ३८ रन लक्ष्य पछ्याएको कोसीले १३ ओभरमा सबै विकेटको क्षतिमा ३९ रनमै समेटियो। जसमा सुमन पासवानले १० रन बनाए। कान्तिपुरका म्यान अफ द फाइनल राज वर्माले ७ र अफुदिन रेनले २ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी कान्तिपुरका राज वर्मा र उत्कृष्ट बलर अभिषेक मण्डल भए भने उत्कृष्ट ब्याट्समेन कोसीका अमित राय भए।

त्यसैगरी, फुटबलतर्फ कोसी क्याम्पसले मोडर्न एरा कलेजलाई २–० को गोल अन्तरमा हराउँदै उपाधि जितेको हो। कोसीका लागि ४३ र ४८ औं मिनेटमा गोल गर्दै टोलीलाई विजयी बनाए। म्यान अफ द फाइनल कोसीका प्रदीप तामाङ भए। सर्वाधिक गोलकर्ता मोडर्न एराका नवीन चौधरी र कोसीका सुरज लिम्बू भए। कोसीका धिरेन्द्र परियार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी गौरभ धिमाल तथा अनुशासित टिम पथरीको रेडस्टार कलेज भयो।

त्यस्तै, भलिबल छात्रातर्फ अर्किड कलेजले कोसी कलेलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ। उत्कृष्ट स्पाइकर अर्किडकी रोशिका बराइली, उत्कृष्ट लिफ्टर ललिता मगर र उत्कृष्ट डिफेण्डर कोसीकी सबिना माझी भइन्। भलिबल छात्रतर्फ मडर्न एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटमा हराउँदै उपाधि जित्यो। उत्कृष्ट स्पाइकर मोडर्न एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोडर्न एराका सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका सुर्लशन लिम्बू भए।

यसैगरी, छात्रा १ सय मिटर दौडमा रेडस्टारकी विना लिम्बू प्रथम, अर्किडकी प्रियंका थारु द्वितीय र शिक्षादीपकी नेहा साह तृतीय भइन्। २ सय मिटर दौडमा रेडस्टारकी विना लिम्बू प्रथम, कान्तिपुरकी भूमिका चौधरी द्वितीय र शिक्षादीपकी सुष्मा बस्नेत तृतीय भइन्।

छात्रतर्फ १ सय मिटर दौैडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, शिक्षादीपका सर्फराज आलम द्वितीय र मेरिल्याण्डका राजकुमार चन्द्रवंशी तृतीय भए। २ सय मिटर दौडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, मेरिल्याण्डका राजकुमार चन्द्रवंशी द्वितीय र रेडस्टारका सुरज लिम्बू तृतीय भए।

खेलाडीहरुलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रीय सदस्य राजेश कार्की, प्रदेश १ का अध्यक्ष जानबहादुर खड्का र हिसान मोरङका अमित ढकाललगायतले पुरस्कार प्रदान गरे।  

प्रकाशित: १७ माघ २०७९ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App