१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यानकाे केन्द्रिय कार्य समितिले लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा छलफल गर्दै

नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रिय कार्य समितिले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा सम्बन्धी विषयमा छलफल गर्दै छ।  

मंगलबार पोखरामा भईरहेको कार्यसमितिको बैठकले  सान्दिप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल गर्न लागेको हो।  

समितिले यो विषयलाइ आफ्ना एजेन्डाहरुको १० औं नम्बरमा राखेको छ।  

भदै २३ गते नेपाल क्रिकेट संघ ९क्यान० को कार्यसम्पादन समितिले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको थियो। लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो। त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका हुन्।

प्रकाशित: १७ माघ २०७९ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App