६ वैशाख २०८१ बिहीबार
खेल

अन्तिम समयमा सम्हालिन नसक्दा पिएसजी बराबरीमा रोकियो

पेरिस सेन्ट जर्मेन (पिएसजी)फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ।

गएराती भएको खेलमा पिएसजी रेइम्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो।

खेलको  इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा फोलारिन बालोगनले गोल गर्दै रेइम्सलाई हारबाट जोगाएका हुन। यस अघि पिसजीका लागि ५१औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए। उनले जुआन बर्नाटको पासमा गोल गर्न सफल भएका थिए।

एक गोलले अग्रता लिएको पिएसजी ५९औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो। दोस्रो हाफको शुरुमै भिटिन्हाको स्थानमा मैदान छिरेका मार्को भेराट्टी सिँधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।त्यसपछि आफ्नो धैर्यता गुमाएको पिएसजीले अन्तिम समयमा गोल खाँदै २ अंक गुमाउन बाध्य बन्यो। २० खेलबाट पिएसजी  ४८ अंक सहित शीर्षस्थानमा यथावत रहेको छ। पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ३ अंकले अघि छ। रेइम्स २६ अंक जोडेर ११औं स्थानमा छ।

प्रकाशित: १६ माघ २०७९ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App