coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल

आगामी महिनादेखि दक्षिण अफ्रिकामा सुरु हुने महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो पटक सबै म्याच अफिसियल महिला मात्र हुने भएको छ।  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो। यस अघिका महिलाको क्रिकेट प्रतियोगितामा अम्पायर र म्याच रेफ्री पुरुष पनि समावेश गरिँदै आएको थियो। यद्यपि, दक्षिण अफ्रिकामा हुने यस संस्करणमा भने १० अम्पायर र तीन रेफ्री गरी कुल १३ जना म्याच अफिसियल नै महिला हुने भएका छन्। आइसिसीका जनरल म्यानेजर वासिम खानले यो निर्णय निकै सुखद रहेको प्रतिक्रिया दिए।  

‘यो घोषणाले हाम्रो उद्देश्य के छ भन्ने स्पष्ट हुनेछ। यो निर्णयपश्चात् महिला र पुरुष दुवैले समान अवसर पाउनेछन्,’उनले भने, ‘महिला रेफ्रीलाई प्रोत्साहन र सहयोग गर्नेप्रति हामी प्रतिबद्ध छौं र उनीहरूको क्षमता पनि विश्वव्यापिकरण हुनेछ।’ यी प्यानलमा रहेका सात जना पहिलोपटक ट्वान्टी–२० विश्वकपमा सहभागी हुँदैछन् भने प्रतियोगितापछि विश्व क्रिकेटमा महिला अफिसियलको संख्यामा पनि वृद्धि आउनेछ।  

‘यो विश्वकपपश्चात् नयाँ पुस्ताले पनि महिला अम्पायरमा भविष्य देख्नेछन्। ठूला प्रतियोगितामा महिलाले पनि अवसर पाउने रहेछन् भन्ने सन्देश पनि प्रवाह हुनेछ। उनीहरू क्रिकेट खेलाडी थिएनन् भने पनि अफिसियलमार्पmत महिलाले विश्व क्रिकेटमा उदाउने अवसर पाउनेछन्,’आइसिसीको महिला क्रिकेट म्यानेजर स्नेहाल प्रधानले भनिन्, ‘यो निर्णयले महिलालाई क्रिकेटमा भित्राउने वातावरणसमेत सिर्जना हुनेछ।’ अस्ट्रेलियाकी क्लेर पोलोसक नै सबैभन्दा धेरै अनुभवी महिला अम्पायर हुन् र उनले नै सन् २०१६ देखि ट्वान्टी–२० र एकदिवसीयको महिला विश्वकपमा निर्णायकको भूमिका निर्वाह गर्दै आइरहेकी छन्।  

इङ्ल्यान्डकी २४ वर्षीया एन्ना हेरिसले पनि मुख्य प्रतियोगितामा डेब्यु गर्ने भएकी छन्। भारतकी जिएस लक्ष्मी, दक्षिण अफ्रिकाकी सान्द्रे फ्रिट्ज र श्रीलंकाकी मिकाइल परेरा आगामी ट्वान्टी–२० महिला विश्वकपमा सहभागी हुनेछन्। यो सूचीमा इङ्ल्यान्डकै सुई रेडफर्न, अस्ट्रेलियाकी इलोइस सेरिडन, वेस्ट इन्डिजकी ज्याकलिन विलियम्स, न्युजिल्यान्डकी किम कटन, दक्षिण अफ्रिकाकी लाउरेन एगेबग, भारतका व्रिन्दा राथी र एन जननी र श्रीलंकाकी निर्मली परेरा छिन्।

प्रकाशित: १४ माघ २०७९ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App