८ वैशाख २०८१ शनिबार
खेल

तेस्रो टाईगर कप भलिबल: गण्डकी र सशस्त्र प्रहरी फाईनलमा

गण्डकी प्रदेशको स्पाईक रोक्ने प्रयास गर्दै त्रिभुवन आर्मीका खेलाडीहरु। तस्बिर उमेश पुन/नागरिक

लिगमा अपराजित रहँदै फाईनल प्रवेश गरेको सशस्त्र प्रहरीले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप उपाधिको लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ।  

शुक्रबार विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको हो। गण्डकी प्रदेशले पनि त्रिभुवन आर्मीमाथि सोझो सेटमै जितको नजिता निकाल्दै दुईवर्षपछि फेरी एकपटक फाईनल प्रवेश गरेको हो।  

सशस्त्रले लिगचरण र सेमिफाईनलसम्मको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा सशस्त्रले नेपाल पुलिस क्लबलाई ३–० सेटले पन्छायो। टाईगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा सशस्त्रले पहिलो सेट २५–१० मा लिदैं फाईनलको यात्रा तय गर्ने संकेत गरयो।  श्रीलंकाली टोली सेन्ट जोसेफले कुनैपनि जित निकाल्न सकेन्। पाँचौ स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो। यद्यपी नेपाल पुलिस क्लबले पनि पाहुना टोलीलाई पराजित गर्दै चौथो स्थानमा रहेर सेमिफाईनल समीकरण पुरा गरेको थियो।

पहिलो सेट निकै कम स्कोरमा गुमाएको नेपाल पुलिसले दोस्रो सेटमा भने सुधिारिएको प्रदर्शन गर्यो। दोस्रो सेट २५–२० मा गुमाउँदै सेमिफाईनलसम्मको यात्राबाट प्रतियोगिताको विट मार्यो। तेस्रो तथा अन्तिम सेटमा २५–१८ मा लिदैं सशस्त्रले नेपाल पुलिस क्लबमाथि सोझो सेटको जित निकाल्दै फाईनल प्रवेश गरेको हो।  

दोस्रो सेमिफाईनलमा गण्डकी प्रदेशले निकै कठिन र प्रतिस्पर्धात्मक सेटमा २५–२३ मा पराजित गर्दै आर्मीमाथि दबाव सृजना गर्यो। दोस्रो सेटमा पनि आर्मीलाई कुनै मौका नदिई २५–२३ मै लिएर गण्डकीले आर्मीमाथि हावी बन्यो। लिग चरणमा पाँचौ सेटसम्म खेल्दै सेमिफाईनल सुरिक्षत गरेको गण्डकीले तेस्रो सेट भने २५–१६ मा लिदैं फाईनल सुरक्षित गर्यो। गण्डकीले दुई पाकिस्तानी खेलाडीलाई कोर्टमा उतारेको थियो। महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिप विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ। उपविजेताले २ लाख, तेस्रो स्थानमा रहने क्लबले १ लाख २५ हजार र चौथो टोलीले ६५ हजार नगदराशी प्राप्त गर्ने छन्।  

प्रकाशित: १३ माघ २०७९ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App