४ वैशाख २०८१ मंगलबार
खेल

आरसिटीको दास्रो जित

काठमाडौं- रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक 'बी' डिभिजन लिगमा लगातार दोस्रो जित पाएको छ। बिहीबार भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र मध्यपुर युथ एसोसिएसनले बराबरी खेलेका छन्।

२०७० मा 'ए' डिभिजनबाट घटुवा भएको आरसिटीले बुधबार हल्चोकस्थित एपिएफ रंगशालामा खुमलटार युवा क्लबलाई २–१ ले पराजित गरेको थियो। खेलको तीनै गोल दोस्रो हाफमा भएको थियो। पुष्कर आलेमगरले ७८ औं मिनेटमा पहिलो गोल गरे भने बिदुर रिजालले ९० औं मिनेटमा अर्को गोल थपे। खुमलटारका सुरज राउतले इन्जुरी समयको तेस्रो मिनेटमा गोल फर्काए पनि त्यो सान्त्वनामा मात्र सीमित भयो। आरसिटीले पहिलो खेलमा नयाँबस्ती युवा क्लबलाई २–० ले हराएको थियो।

खुमलटारविरुद्धको अघिल्लो खेलमा इन्जुरी समयमा नतिजा आफ्नो पक्षमा पारेको मध्यपुरले बुधबार अग्रता जोगाउन सकेन। सुवर्णविक्रम कार्की ५३ औं मिनेटमा मध्यपुरका लागि गोल गरेका थिए। ए डिभिजन पुग्ने लक्ष्यसाथ तयारी थालेको एनआरटीले इन्जुरी समयमा गोल फर्काउँदै हार टारेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा राकेश गुरुङले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए। २०७० सालमा फुटबल खेलेर ऋण तिर्न नसकिने निष्कर्ष निकाल्दै एनआरटीले ए डिभिजन क्लब छाडेको थियो। ए डिजनमा सहभागी नभएपछि एनआरटी स्वतः बी डिभिजनमा घटुवा भएको थियो। अधिंकाश ए डिभिजनको अनुभव बटुलिसकेका खेलाडी रहेको एनआरटीले यसपटक पहिलो खेलमा सामाजिक युवा क्लबलाई ६–१ ले हराएको थियो। २ खेलपछि ६ अंकसहित आरसिटी शीर्ष स्थानमा छ। समान ४ अंक भएका एनआरटी दोस्रो र मध्यपुर तेस्रो स्थानमा छ। सातदोबाटो, टुसाल, श्रीकुमारीको समान ३ अंक छ।

प्रकाशित: ९ भाद्र २०७३ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App