७ वैशाख २०८१ शुक्रबार
खेल

हिसान स्पोर्ट्स मिट: अर्किड, सगरमाथा, मोडर्न एरा र सिटी कलेज विजयी

हिसान स्पोर्ट्स मिटको क्रिकेट खेलमा अर्किड र सगरमाथा तथा फुटबलमा मोडर्न एरा र सिटी कलेज विजयी भएका छन्।

प्रतियोगिताको क्रिकेट खेलतर्फ अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ रोजेको अर्किडले निर्धारित १८ ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेटको क्षतिमा ९१ रन बनायो। अर्किडका राजा कामतले १९ रनको योगदान गरे। भानुका लागि सुवास रायले ३ विकेट लिए।

९२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भानुले १३ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा ७६ रनमै समेटियो। जसमा दीपेश गोल्छाले १५ रन बनाए। अर्किडका म्यान अफ द म्याच युवराज मगरले ४ विकेट लिए।

क्रिकेटको दोस्रो खेलमा सगरमाथा कलेजले लर्डबुद्ध कलेजलाई ३ विकेटले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ। टस जितेर पहिलो ब्याटिङ थालेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १८ ओभर ७ बल खेल्दै सबै विकेट गुमाउँदै ७७ रनमा सीमित भयो। जसमा इन्द्रजितकुमार कामतले १७ रन बनाए। सगरमाथाका म्यान अफ द म्याच अनुभव पौडेलले ४ विकेट र केदार कामतले ३ विकेट लिए।

७८ रनको सामान्य योगफल पछ्याएको सगरमाथाले १६ ओभर ३ बल खेल्दै ७ विकेटको क्षतिमा विजयी भए। जसमा सुजित यादवले २६ रनको योगदान गरे। लर्डबुद्धका राकेश ठाकुर, एलेक्स थापा र दीपेन्द्र शर्माले समान २–२ विकेट लिए।

त्यसैगरी, फुटबलको पहिलो खेलमा मोडर्न एराले बुद्ध मेमोरिल कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ। एक मात्र निर्णायक गोल मोडर्न एराका म्यान अफ द म्याच नवीनकुमार माझीले गरे।

दोस्रो खेलमा सिटी कलेजले सेन्ट जोसेफ कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ। सिटीका म्यान अफ द म्याच सन्दीप राई गोल गर्दै टोलीलाई विजयी बनाए।

प्रकाशित: १० माघ २०७९ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App