१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एमबाप्पेको पाँच गोलसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६

पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराती भएको खेलमा  पीएसजी छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोलको फराकिलो अन्तरबाट हराउँदै अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित: १० माघ २०७९ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App