४ वैशाख २०८१ मंगलबार
खेल

भारतलाई एकदिवसीय शृंखला

तीव्र गतिका बलर मोहम्मद सामीको उत्कृष्ट बलिङ प्रेरित भारतले शनिबार न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै तीन खेलको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ।

सामीले १८ रन खर्चदै तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्ड ३४.३ ओभरमा मात्र १०८ रनमा अलआउट भएको थियो। कप्तान रोहित शर्माले ५१ र सुभमन अविजित ४० रन जोडेपछि भारतले १०९ रनको लक्ष्य २०.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै शृंखलामा २–० को अग्रता लिएको हो। टस जितेर बलिङ रोजेको भारत सामीको पहिलो ओभरदेखि चम्किएसँगै हाबी भएको थियो। ११ ओभरको समाप्तीमा न्युजिल्यान्ड १५/५ को नाजुक स्थितिमा पुगिसकेको थियो।

ग्लेन फिलिप्सले २६ रन, माइकल ब्रेसवेलले २२ रन र मिचेल सान्टनरले २७ रन जोडेपछि न्युजिल्यान्ड एक सय रन कटाउन सफल भएको थियो। तर, पनि न्युज्यिान्डको इनिङ लामो समयसम्म टिक्न भने सकेन। पहिलो ओभरको पाँचौ बलमा नै सामीले ओपनर फिन एलनलाई बोल्ड गरेका थिए। हार्दिक पाड्या र स्पिनर वासिङ्टन सुन्दरले पनि सामीलाई साथ दिएपछि भारत खेलमा हाबी भयो। मोहम्मद सिराजले हेनरी निकोल्सलाई दुई रनमा पवेलियनको बाटो देखाउँदै न्युजिल्यान्डमाथि थप दबाब बनाए।

सामी र हार्दिक थप १/१ विकेट लिएपछि भ्रमणकारी टोली संकटमा परेको थियो। फिलिप्स र ब्रेसवेलले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरेका थिए। सामीले नै यी दुई बीचको साझेदारी तोडिदिए। उनले ब्रेसवेललाई विकेट किपरबाट क्याच गराए। ब्रेसवेलले पहिलो खेलमा १४० रन जोडेका थिए। यद्यपि, उनको टोलीले भारतलाई १२ रनको नतिजा सुम्पिएको थियो। सातौं विकेटका लागि फिलिप्स र सान्टनरले ४७ रनको साझेदारी गरेका थिए।

तर, हार्दिकले सान्टनरलाई पनि आउट गरे। सुन्दरको बलमा बाउन्ड्री प्रहार गर्ने क्रममा फिलिप्स पनि क्याचआउट भएपछि न्युजिल्यान्डको इनिङ सस्तैमा समेटिन पुग्यो। जितका लागि सामान्य लक्ष्य पछ्याएको भारतका लागि रोहित र सुभमनले पहिलो विकेटका लागि ७२ रनको साझेदारीसहित टोलीको सहज जितको आधार बनाएका थिए। गिलले पहिलो खेलमा पनि २०८ रन जोडेका थिए। यी दुई टोलीबीचको अन्तिम खेल मंगलबार हुनेछ।

प्रकाशित: ८ माघ २०७९ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App