१६ चैत्र २०८० शुक्रबार
खेल

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

रियो दि जेनेरियो – डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

उसको जितमा खेलको पहिलो हाफमा ग्याब्रियल वार्बोशा र ग्याब्रियल जेसिसले समान एक एक गोल गरेका थिए। त्यस्तै दोस्रो हाफमा  वार्बोशाले दोस्रो व्यक्तीगत गोल गर्दा लुनाले थप एक गोल गर्दै ब्राजिलले ४–० जित हात पारेको थियो।

समूह चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा इराकसँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिललाई क्वाटरफाइनमा स्थान सुरक्षित गर्न डेनमार्क विरुद्धको खेल जित्नै पर्ने दबाब थियो । त्यस्तै समुहका आफ्ना आफ्ना खेलमा जित हात पार्दै होन्डरुस, दक्षिण कोरिया र कोलम्बिया पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

 

प्रकाशित: २७ श्रावण २०७३ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App