coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाचौं बागमती गोल्डकपको उपाधी भुट्निजलाई

संकटा क्लवलाई निराश पार्दै मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रिय बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले जितेको छ।

संकटालाई सडनडेथमा पराजित गर्दै भुट्निजले उपाधीसहित नगद ८ लाख रुपैयाँ जितेको हो। उपविजेता भएको संकटाले ४ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। निर्धारित समय २र२ गोलको बराबरी र मा टाइब्रेर समेत बराबरीमा टुंगिएपछी सडनडेथ मार्फत निर्णय लिइएको हो।

संकटाका सुरजज्यू ठकुरीले सडनडेथमा गोल गर्न सकेनन्। उनको प्रहार भुटनिजका गोलरक्षक पुजन थापाबमगरले रोकेका थिए। उनै पुजनले सडनडेथको अन्तिम प्रहारमा गोल गर्दै टिमलाई जिताए। उनी फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

टाइब्रेकरमा भुटजिनको तर्फबाट मिग्युल, धिरज, आर्मेनल, रिले, हेक्टरले गोल गरेका थिए। सडनडेथमा प्रविण बस्नेत र विल्सले गोल गरेका थिए। टाइब्रेकरमा संकटाका लागि सुनिल बल, सरोज दाहाल, मनिष डांगी, मेसुके, आयुष घलानले गोल गरेका थिए। सडनडेथमा स्टेफन समिर र कुलदिप कार्कीले मात्र गोल गरे।

खेलको १० मिनेटमा भुटनिजले दुई गोलको अग्रता लिएपनि जितको लागि सडनडेथसम्म पुग्नु परेको थियो। भुटनिजका लागि प्रविण बस्नेतले खेलमा दुई गोल गर्दा संकटाका लागि सुनिल बलले दुई गोल गरे। प्रविणले खेलको पहिलो र छैठौं मिनेटमा गोल गरेका थिए। सुनिलले खेलको १० औं मिनेटमा स्टेफनले डिबक्सभित्र दिएको पासमा हेडमार्फत् गोल गरेका थिए। अर्को गोल भने पेनाल्टिमार्फत गरेका हुन्।

२० औं मिनेटमा भुटनिजको खेलाडीले डिबक्सभित्र हातले बल छोएपछि प्राप्त पेनाल्टिलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संकटाका सुरजज्यू ठुकरी घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्दा भुटनिजका गोलरक्षक पुजन मगर, फरवार्ड प्रविण बस्नेत, प्रशिक्षक प्रदीप हुमागाईं उत्कृष्ट घोषित भए। संकटाका डिफेन्डर कुलदीप कार्की र मिडफिल्डर सुनिल बल उत्कृष्ट घोषित भए। उनीहरुले जनही १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बाग्मती गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो।

प्रकाशित: ३ माघ २०७९ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App