२७ असार २०७७ शनिबार
खेल

जर्मन प्रशिक्षक नेपालमा

काठमाडौं- जर्मन बुन्डेसलिगाको क्लब एससी फ्रेइबर्गका युथ डिभेलपमेन्ट प्रशिक्षक मार्क जोन होफम्यानले उमेर समुहमा नेपाल र जर्मनीका खेलाडीको स्तर उस्तै भएको बताए। फुटबलमार्फत शिक्षा विकास कार्यक्रमसँग जोडिएका मार्क ६ हप्ताका लागि नेपाल आएका हुन्। नेपाल बसाईमा उनले नेपाल युवा कार्यक्रम (एनवाइपी)का खेलाडीलाई फुटबल प्रशिक्षणका साथै अन्य जीवन विकासका प्रशिक्षण दिने एनवाइपीका कायक्रम निर्देशक राजीव नेपालीले बताए।

नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा प्रविधिक सल्लाहकार होग्गर ओभरम्यानमार्फत एनवाईपी कार्यक्रमसँग जोडिएको भन्दै मार्कले नेपाली खेलाडी उत्साहित र प्रतिभावान रहेको बताए।

‘यहाँको न्यानो स्वागतबाट म प्रभावित छु। बच्चाहरु पनि सिक्न चाहने देखिन्छन्। उनीहरु फुटबलमा निकै उत्साहित पनि छन्,’ मार्कले भने, ‘उमेर समुहमा जर्मनी र नेपालका बच्चाहरुमा खासै भिन्नता देखिदैन।’

मार्कले आधुनिक फुटबलका प्राविधिक पक्षका साथै युथ डेभेलपमेन्ट वर्कसप मार्फत विकासका पक्षमा प्रशिक्षण दिनेछन् । नेपाल युवा कार्यक्रमअन्तर्गत अहिले १३ देखी १५ वर्ष उमेरका १० महिलाका साथै १४ देखी १८ वर्षका १९ र ८ देखी १३ वर्षका वालकहरुले हरेक दिन विहान–वेलुका प्रशिक्षण लिइरहेका छन्। यस कार्यक्रमको मुख्य उद्देश्य फुटबल मार्फत नेतृत्वविकास रहेको नेपालीले बताए।

प्रकाशित: १७ पुस २०६४ ००:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App