coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ताप्लेजुङमा माघ १५ सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गनुपर्ने

ताप्लेजुङमा माघ १५ गते सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिसक्नुपर्ने भएको छ। जिल्ला खेलकुद विकास समितिले माघ १५ गते सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरी जिल्ला स्तरीय  प्रतियोगिताका लागि खेलाडीहरु तयारी अवस्थामा राख्ने योजना बनाएको छ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले पालिका स्तमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुबीच माघ १५ गते अगावै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गर्ने व्यवस्थाका लागि सबै पालिकाहरुलाई आग्रह गरिएको जानकारी दिए।

१३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन २४ देखि २६ गते सम्म काठमाडौंमाा आयोजना हुँदै छ। सो अगावै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएको र प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अघि पालिका स्तरीय हुँदै जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्नुपर्ने तालिका रहेकोले माघ १५ अगावै पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्नु अनिवार्य रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०(चौथो शंसोधन २०७९।०३।०५) अनुसार चालू शैक्षिक सत्र सम्म कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्रछात्राले प्रतियोगितामा सहभागिता जनाउन पाउँछन्। निर्देशिका अनुसार ५ भन्दा कम स्थानीय तह भएका जिल्लामा जिल्ला स्तरीय प्रतियोगिताका लागि स्थानीय स्तरमा पहिलो देखि तेस्रो सम्म हुने र ५ भन्दा बढी स्थानीय तह भएका जिल्लाहरुमा स्थानीय तहमा प्रथम र द्धितीय हुनेले मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन पाउँछन्।

यस्तै टीम गेममा प्रत्येक स्थानीय तहले इभेन्टमा एउटा मात्र टीम सहभागी गराउन पाउने निर्देशिकामा उल्लेख गरिएको छ। दुई वा दुई भन्दा बढी खेलाडी सहभागी भई खेलिने खेललाई टीम गेम भनिन्छ। स्थानीय प्रतियोगितामा सहभागी हुन आउँदा प्रत्येक बिद्यालयबाट र जिल्ला स्तरमा सहभागी हुन आउँदा प्रत्येक स्थानीय तहबाट टीम इभेन्टे्न्समा एक–एक टीम र अन्य इभेन्ट्ेन्समा बढीमा २–२ जना खेलाडी सहभागी गराउन पाउने निर्देशिकाले भनेको छ।

एथलेटिक्स इभेन्टे्न्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाक इभेन्टे्न्समा सहभागी हुन पाउने छन्। प्रत्येक बिद्यालयले भलिबल प्रतियोगितातर्फ बढीमा ९–९ जना सम्म खेलाडी पठाउन सक्ने भएका छन्। मार्सल आर्टको हकमा स्थानीय तहले प्रतियोगिता आयोजना गरी खेलाडीको नाम सिफारिस गर्नुपर्ने भएको छ। तर,खेलाडीको उपलब्धता तथा खेलको प्रकृति अनुसार प्रतिश्पर्धा गराउन सम्भव नभएमा तौल समूह अनुसारका खेलाडीलाई छनौट गरी जिल्लाको प्रतिश्पर्धामा सो व्यहोराको सिफारिस सहित सहभागिताका लागि पठाउन सकिने भएको छ। प्रत्येक जिल्लाबाट प्रदेशस्तरीय खेलकुदका लागि खेलाडी,प्रशिक्षक,जिल्ला खेलकुद विकास समितिका पदाधिकारी सहित बढीमा ९० जनाको टोलीले सहभागिता जनाउन सक्ने निर्देशिकाले भनेको छ।  

प्रकाशित: २९ पुस २०७९ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App