१६ चैत्र २०८० शुक्रबार
खेल

राष्ट्रिय क्रिकेट टोली छनोट

काठमाडौं- ओपनर अनिल मण्डलले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड््सविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि बुधबार टोली घोषणा गर्दा अनिल समेटिएका हुन्।

नेपालले च्याम्पियनसिपका लागि नेदरल्यान्ड्सको भ्रमण गर्नेछ। यी दुई टोलीबीच साउन २९ र ३१ मा खेल हुनेछ।

च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्ध वैशाखमा त्रिवि मैदानमा सम्पन्न दुई खेलमा अनिल टोलीमा थिएनन्। दुवै खेल नेपालले जितेको थियो।

त्यति बेला टोलीमा रहेका नरेश बुढाएर र सुसन भारी भने टोलीमा अटेनन्। अनिलसँगै विक्रम सोब र सुनील धमला भने १५ सदस्यीय टोलीमा समेटिएका छन्।

पारस खड्काको कप्तानीमा रहेको टोलीका उपकप्तानमा ज्ञानेन्द्र मल्ल र अन्य खेलाडीमा शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कार्की, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करन केसी, सन्दिप लामिछाने र राजेश पुलामी छन्।

आइसिसीका प्रतिनिधि बैंकटपति राजु, टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारसले टोली छनोट गरेका थिए। आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेयता तीन सदस्यीय टोलीले राष्ट्रिय टोलीको चयन गर्दै आएको छ।

प्रकाशित: २० श्रावण २०७३ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App