coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेश १ सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

प्रदेश नं. १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

बोर्डले मंगलबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रदेश एक बाट पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै, प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको हो। 

असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५३ कास्य गरी ८६ पदकका साथ छैटौँ स्थान हासिल गरेको थियो।

पदक विजेता खेलाडीलाई प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चेक र सम्मान पत्र हस्तान्तरण गरे। सो क्रममा राईले प्रदेश सरकारले वचनबद्धता गरे अनुरूप प्रदेशको लागि पदक लिएर आउने खेलाडीलाई सम्मान गरिएको बताए।

प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले भताभुङ्ग रहेको प्रदेशको खेल गतिविधिलाई आफ्नो दश महिनाको कार्यकालमा केही मात्र भएपनि जागृत बनाउन सफल भएको बताए।

प्रकाशित: १९ पुस २०७९ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App